NOTIFICATIONS
हाम्रो पेज
विराटनगर, २४ फाल्गुन ।एक मात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा रास्वपा उम्मेदवार नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक एआईजी विश्वराज पोखरेल झिनो मतान्तरले विजयी हुनु भएको छ । उहाँ निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कुमार लुइँटेललाई केवल ५ मतले उछिन्दै विजयी हुनु भएको हो । निर्वाचन आयोगका अनुसार विजयी पोखरेलले १३,९५३ मत ल्याउनु भएको छन् भने पराजित लुइँटेलका पक्षमा १३,९४८ भोट खसेका छन्। सुरुवाती मतगणनामा केही पछि परे पनि पोखरेलले अन्तिम समयमा ५ मतको झिनो मतान्तरले जित सुनिश्चित गर्नुभएको हो । यो प्रतिनिधिसभा निर्वाचनमा जरी मतगणनामा अहिलेसम्मकै कम अन्तरको जित हो ।