
काठमाडौं , २८ कार्तिक । निर्वाचन आयोगले आगामी फागुन २१ गतेको लागि घोषित प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले शुक्रबार सूचना जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आगामी मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो। आयोगले आज दुवै निर्वाचनका लागि फरक फरक सूचना जारी गर्दै दल दर्ताको लागि राजनीतिक दललाई आह्वान गरेको हो। आयोगले दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता मिति लगायत आवश्यक कागजात समेत खुलाउन भनेको छ। फागुन २० गतेबाट राष्ट्रिय सभामा एक तिहाइ सदस्य रिक्त हुँदैछन्। नारायणकाजी र वामदेवसहित यी १९ सांसद राष्ट्रियसभाबाट बिदा हुँदै सोही रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो। आयोगले शुक्रबार दुवै निर्वाचनका लागि फरक फरक सूचना जारी गर्दै सो आह्वान गरेको हो । निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता मितिलगायत आवश्यक कागजात समेत खुलाउनुपर्ने आयोगले जनाएको छ । निवेदनसाथ संलग्न गर्नुपर्ने कागजातबारे पनि सूचनामा उल्लेख छ । आयोगमा प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ दल दर्ताको समय भने भोलिसम्मका लागि छ । यस्तै मतदाता नामावलीमा नाम दर्ताको समय कात्तिक महिना मसान्तसम्म मात्रै रहेको छ ।

