search logo
NOTIFICATIONS

सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री पक्का, संसद विघटन गर्ने कि नगर्नेमा विवाद

हाम्रो पेज

२७ भाद्र २०८२, शुक्रबार ११:५२

काठमाडौं, २७ भाद्र । पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउनेबारे सहमति जुटेको छ । जेनजी र बालेनका तर्फबाट संसद विघटनको बटमलाइन प्रस्तुत भए पनि त्यसमा कुरा मिलेको छैन । शीतलनिवास स्रोतका अनुसार राष्ट्रपति पौडेलले कुनै हालतमा संसद विघटन नगर्ने अडान लिनु भएकोछ । तर जेनजी र बालेनको तर्फबाट ओेमप्रकाश अर्यालले संसद तत्काल विघटन गरी नयाँ निर्वाचन गर्ने प्रस्ताव राख्नु भएको छ । त्यसलाई राष्ट्रपतिले अस्वीकार गरेको स्रोतको भनाइ छ । सभामुख देवराज घिमिरे पनि संसद विघटन नगर्ने पक्षमा रहनु भएकोछ । विहान ४ बजेसम्म प्रधानमन्त्रीमा सुशीलाको नाममा सहमति भएपनि संसदको विषयमा जेनजी र राष्ट्रपतिबीच सहमति जुट्न नसकेको बताइएको छ । यसका लागि विहान ९ बजेलाई राखिएको छलफल २ बजेलाई सारिएको छ। सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनेमा सहमति जुटे पनि कुन विधिबाट भन्ने प्रष्ट भएको छैन । नेपाली सेनाले भ्रामक सूचनाहरूमा विश्वास नगर्न आग्रह गरेको छ । यता आन्दोलनपछि केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि सरकारविहीनताकोअवस्थाका राजा फर्काइने, नेताहरु नजरबन्दमा जस्ता अफवाह फैलिएपछि नेपाली सेनालाई जोडेर अहिले विभिन्न प्रकारका टीकाटिप्पणी धारणा र विश्लेषणहरू आइरहेको सेनाले यस्तो आग्रह गरेको छ । आफ्नो धारण नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै आएको पनि स्मरण गराको छ । सेनाले आधिकारिक सूचना जानकारीका लिन पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न सकिने भन्दै फोन नम्बरहरू पनि सार्वजनिक गरेको छ ।