केपी शर्मा ओली एमालेबाट भावी प्रधानमन्त्री, टुंग्यायो १४० उम्मेदवार (सूचीसहित)

हाम्रो पेज

४ माघ २०८२, आईतवार १३:१३

काठमाडौं, ४ माघ  । नेकपा एमालेले प्रतिनिधि सभा चुनावका लागि अधिकांश जिल्लाका उम्मेवार टुंग्याएको छ। शनिबार च्यासलमा बसेको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको हो। उपमहासचिव लेखराज भट्टका अनुसार केही जिल्ला बाहेक अधिकांशमा उम्मेदवार चयन गरिएको छ। बाँकी रहेका जिल्लाको अध्यक्ष केपी शर्मा ओलीले टुंग्याउनु हुनेछ । ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दै एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश उम्मेदवार टुंगो लगाएको छ । एक सय ४० जना उम्मेद्वारको नाम तय हुँदा ११औं महाधिवशेनमा इश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गर्नेले भने टिकट पाएका छैनन् । शनिबार केन्द्रीय सचिवालय बैठकले केही क्षेत्रबाहेक उम्मेदवारको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार उम्मेदवार चयन गर्न बाँकी क्षेत्रमा टुंग्याउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । सार्वजनिक सूची अनुसार अध्यक्ष ओली झापा–५, बाटै यसपटक पनि चुनाव लड्नु हुनेछ । उपाध्यक्षहरू बिष्णुप्रसाद पौडेल पाल्पा–२, पृथ्वीसुब्बा गुरुङ लमजुङ, गोकर्ण बिष्ट गुल्मी–२ बाट उम्मेदवार बन्ने हुनु भएको छ । उपमहासचिव भट्ट कैलाली–४ र रघुबीर महासेठ धनुषा–४ बाट उम्मेद्वार बन्ने छन् । तर अर्का उपमहासचिव योगेश भट्टराईबारे भने सचिवालय बैठकले निर्णय गर्न सकेन । उहाँ चुनाव लड्दै आएको ताप्लेजुङमा कसलाई उम्मेदवार बनाउने भन्ने खाली राखेर निर्णय गरिएको छ । अध्यक्ष ओली योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, विनोद ढकाल, कर्ण थापा, गणेश पहाडी, झपट रावल, तारा लामा लगायतप्रति ओली अनुदार भएको पाइएको छ । यी नेताहरू एमालेको ११ औैं राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गरेका थिए । आउँदो फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ।

सुदूरपश्चिम प्रदेश

कैलाली
१द्वारिकाप्रसाद न्यौपाने,
२सूूर्यबहादुर थापा
३गौरीशंकर चौधरी
४लेखराज भट्ट
५यज्ञराज ढुंगाना

कञ्चनपुर
१ कमला बोहोरा
२बचनबहादुर सिंह
३दीपक भट्ट
अछाम
१झपटबहादुर बोहोरा
२यज्ञबहादुर बोगटी,
बाजुरा(लालबहादुर थापा,
डोटी दीपक धामी
डडेलधुरा चक्र स्नेही
बझाङअफिलाल ओखेडा
बैतडी दामोदर भण्डारी
दार्चुलागणेशसिंह ठगुन्ना

कर्णाली प्रदेश

सल्यानगुलाबजंग शाह

रुकुम पश्चिम नन्दराम देवकोटा

सुर्खेत

१ धुर्व शाही
२ कुलमणि देवकोटा

कालिकोट( नागेन्द्र शाही ९नेसनल०

जुम्ला (शान्तिबहादुर महत

मुगु पूर्णबहादुर रोकाया

हुम्ला दल फडेरा

डोल्पा  लंक रोकाया

दैलेख

१ रवीन्द्रराज शर्मा
२  लक्ष्मीराज शर्मा

जाजरकोट डम्मरबहादुर सिंह

लुम्बिनी प्रदेश

नवलपरासी

१ रामप्रसाद पाण्डे
२ भगवतीप्रसाद यादव

रुपन्देही
३  बासुदेव घिमिरे
५  खिमलाल भट्टराई

कपिलवस्तु

१ विश्राम चौधरी

३ वीरेन्द्र कडौनिया

दाङ

३ घनश्याम पाण्डे

बाँके

१ सूर्य ढकाल
३दलबहादुर सुनार

बर्दिया

१  सालिकराम अधिकारी
२ विमला विक

पाल्पा

१ नारायण आचार्य
२ विष्णुप्रसाद पोडेल

रोल्पा गोकुल घर्ती

प्यूठान सूर्यबहादुर थापा

अर्घाखाँची पिताम्बर भुसाल

गुल्मी

१ प्रदीप ज्ञवाली
२ गोकर्ण बिष्ट

गण्डकी प्रदेश

नवलपुर

१  भागीरथ सापकोटा
२  तिलबहादुर ९तिलक०महत क्षेत्री

गोरखा

१ आर।सी। लामिछाने
२ मिलन गुरुङ

लमजुङ पृथ्वी सुब्बा गुरुङ

तनहुँ

१ भगवती न्यौपाने
२ केदार सिग्देल

स्याङ्जा

१मिनप्रसाद गुरुङ
२ खिमबहादुर थापा

म्याग्दी हरिकृष्ण श्रेष्ठ

कास्की

१ बैणबहादुर क्षेत्री
२  कृष्ण थापा
३  दामोदर बैरागी

बागलुङ

१ हिरा केसी
२ मञ्जु शर्मा चालिसे

मुस्ताङ इन्द्रधारा बिष्ट

मनाङ पोल्देन सोताङ गुरुङ

पर्वतपदम गिरी

बागमती प्रदेश

सिन्धुली

१ प्रदीप केसी ९कटुवाल०
२  मनोजजंग थापा

रामेछाप माधवप्रसाद ढुङ्गेल

दोलखा पार्वत गुरुङ

सिन्धुपाल्चोक

१ आङदोर्जे शेर्पा
२  शेरबहादुर तामाङ

काभ्रे

१  अमित लामा
२ अध्यक्षले टुङ्गाउने

धादिङ

१  भूमी त्रिपाठी
२ धनबहादुर घले

नुवाकोट

१ बद्री मैनाली
२ केशव पाण्डे

रसुवा प्रेमबहादुर तामाङ

मकवानपुर

१  रामेश्वर राना
२ महेश बर्तौला

चितवन

१ कृष्णराज ९कमल० पाठक
२ अस्मिन घिमिरे
३ शंकरराज थपलिया

काठमाडौं

१ मोहन रेग्मी
२ मणिराम फुयाल
३ रामेश्वर फुयाल
६ अमनकुमार मास्के
८ राजेश शाक्य
१०  विनोद श्रेष्ठ

ललितपुर

१ चेतनाथ सञ्जेल
२ प्रेमबहादुर महर्जन

मधेस प्रदेश

सप्तरी

१ सुमन प्याकुरेल
२ सतिश सिंह
३ ताराकान्त चौधरी
४ बालकृष्ण चौधरी

सिराहा

१ केदार यादव
२ नविनकुमार यादव
३ लिलानाथ श्रेष्ठ
४ बिल्टु यादव

धनुषा

१ रामचन्द्र मण्डल
२ उमाशंकर अग्रहरि
३ जुली महतो
४ रघुवीर महासेठ

महोत्तरी

१ लक्ष्मी महतो कोइरी
२ रामपरिक्षण यादव
४ सरोज यादव

सर्लाही
३ हरि उप्रेती

रौतहट

१ अजय गुप्ता
२ शैलेन्द्र साह
३ कुन्दन कुशवाहा
४ रामजी शाह

बारा

१ अच्युत मैनाली
२ बलवीर चौधरी
३ ज्वाला शाह
४ किसान श्रेष्ठ

पर्सा
३ प्रमोद जैसवाल
४ जालिम मियाँ अन्सारी

कोसी प्रदेश

पाँचथर ऐन्द्रसुन्दर नेम्वाङ

इलाम

१ काजिमान कागते
२  सुहाङ नेम्वाङ

झापा

१ रामचन्द्र उप्रेती
२ देवराज घिमिरे
४  मनोज ताम्ली
५ केपी शर्मा ओली

संखुवासभा डा अर्जुन कार्की

धनकुटा राजेन्द्र राई

भोजपुर शेरधन राई

तेह्रथुम भानुभक्त ढकाल

सुनसरी
१ सूर्य पन्दाक
४  भगवती चौधरी

मोरङ

१ घनश्याम खतिवडा
२  दिलीप बगेडिया
३  दिलीप राई
४ जीवन घिमिरे

सोलुखुम्बु  कल्पना राई

ओखलढुंगा अस्मिता थापा

उदयपुर

१ दुर्गा थापा स्वोती
२ अमर रायमाझी

खोटाङ  देवविक्रम राई