हाम्रो पेज


वर्षाका कारण ठाउँ ठाउँमा पहिरो जान थालेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, सुकेबगरमा आज बिहान ५ बजेतिर लेदो माटोसहितको पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा सवारीसाधन र यात्रुहरू प्रभावित भएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेकाले देशभर मनसुनी वायुको प्रभाव छ। बिहीबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू भागका केही स्थानमा र लुम्बिनी प्रदेशका तराई भू भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। विशेषगरी बागमती र गण्डकी प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा भारी वर्षा को पनि सम्भावना छ। बिहीबार राति मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। महाशाखाले वर्षाका कारण नदीको जलस्तर बढ्ने, पहिरो जाने, सडक यातायात प्रभावित हुने तथा कृषिमा समेत असर पर्नसक्ने भन्दै सबैलाई आवश्यक सावधानी अपनाउन र अद्यावधिक सूचनामा ध्यान दिन अनुरोध गरेको छ।