नेकपा एमाले केन्द्रिय कमिटीको नवौं बैठक पार्टी कार्यालय ललितपुरमा जारी( तस्विरहरुसहित)

हाम्रो पेज

५ श्रावण २०८२, सोमबार १३:३५

ललितपुर,५ श्रावण । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी विधानका विषयमा छलफल गर्न केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने विधानको मस्यौदा प्रस्तुत हुनेछ । पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितिका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोले पास गरेको विधान केन्द्रीय कमिटीमा प्रस्तुत गर्नुहुनेछ।