हाम्रो पेज

महाशाखाका अनुसार बुधबार कार्तिक १८ कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भू भागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा पनि आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ। बुधबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने तथा अन्य भू भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। त्यस्तै, बिहीबार कार्तिक १९ देशका हिमाली तथा पहाडी भूभागमा र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ।
शुक्रबार कार्तिक २० र शनिबार कार्तिक २१ पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ। दुवै दिन तराईका भूभागमा मौसम मुख्यतया सफा रहनेछ। शुक्रबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। शनिबार पनि देशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।