चक्रवात ‘अर्नब’, नेपालमा आजदेखि वर्षा र हिमपात, सतर्क रहन अपिल

हाम्रो पेज

१३ कार्तिक २०८३, बिहीबार ०७:२९
नेपालमा कहाँ कहाँ होला असर ?


काठमाडौं, १२ कार्तिक । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीबाट बुधबार भारत आइपुगेको अति शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा आज बिहीबारदेखि उल्लेखनीय रूपमा पर्ने जनाएको छ। मौसम महाशाखाका अनुसार अर्नबका कारण गएरातिदेखि देशभरको आकाशमा साधारणतया बादल लागे पनि वर्षा भएको छैन। सूचना जारी गरी महाशाखाले अगाडि भनेको छ, ‘बिहीबारदेखि यसको उल्लेखनीय प्रभाव देखिने भएकाले आफ्नो स्थानअनुसार मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहनुहोला।’ मौसम महाशाखाका अनुसार पश्चिममध्य बंगालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात अर्नब भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट बुधबार बिहान सवा ८ बजेतिर जमिनमा प्रवेश गरेको हो। जसको प्रभावले नेपालमा बिहीबारदेखि शनिबारसम्म कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षारहिमपात तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा मेघगर्जनरचट्याङ, असिनासहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ।

यसैगरी उक्त ३ दिन कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षारहिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक(दुई स्थानमा समेत भारी वर्षारहिमपातको सम्भावना छ।

नेपालमा कहाँ कहाँ होला असर ?

गहिरो न्यूनचापीय प्रणालीको प्रभावका कारण आजैदेखि नेपालको वायुमण्डलमा माथिल्लो तहका बादल देखिन थालेका छन् । भोलि यसको प्रभाव थप बढ्ने अनुमान छ । महाशाखाका अनुसार यसको प्रभावले कात्तिक १२ गते साँझदेखि १४ गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा तथा हिमपातको सम्भावना छ । बरिष्ठ मौसमविद विभूति पोखरेलका अनुसार चक्रवातको अवशेषले पर्याप्त जलवाष्पयुक्त हावा बोकेर ल्याउने र माथिल्लो वायुमण्डलको प्रणालीसँग अन्तरक्रिया गर्ने भएकाले नेपालमा वर्षा र हिमपातको पूर्वानुमान गरिएको हो । उनका अनुसार यसबाट उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहने सम्भावना छ ।