
विराटनगर, १४ आश्विन । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को अधिवेशनका क्रममा कुटाकुट भएको छ । मनोनयन दर्ता गर्ने कार्यक्रम रहेका बेला कुटाकुट भएको हो । सुन्दरहरैँचा–४ को सिग्देल बन्धु प्रतिष्ठानको भवनमा बुधबार अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । पूर्व प्रदेश सांसदसमेत रहेका नेता चुम नारायण तवदार, जेन्जी समुन्द्र पोखरेल र चेतराज रेग्मीमाथि सांघातिक हमला भएको र सभापति देवराज तामाङका कार्यकर्ताले फलामको रडले आक्रमण गरेको कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले बताउनुभयो । घाइतेहरूको उपचार नोबेल मेडिकल हस्पिटलमा भइरहेको छ। क्षेत्रीय सभापति देबु तामाङको योजनामा आक्रमण भएको आरोप केन्द्रीय सहमहामन्त्री डा. डिला संग्रौलाले बताउनुभयो । उहाँले दोषीलाई पार्टीबाट निलम्बन गर्न पनि माग गर्नुभयो । आफूले भागेर ज्यान जोगाएको उहाँको दाबी छ । उता, तामाङले भने संग्रौलाकै कारण झडप भएको बताउनुभएको छ ।