हाम्रो पेज
त्यसपछि कामतले एसएसबीका जवानलाई ढुङ्गा प्रहार गरेका थिए। उनले प्रहार गरेको ढुङ्गा एसएसबीका जवानलाई लागेको नेपाल तर्फको सशस्त्र प्रहरीले जनाएको छ। दशगजामा एसएसबीलाई ढुङ्गा हानेर नेपालतर्फ भागेर आएका कामतलाई एसएसबीले तानेर दशगजातर्फ लगी कुटपिट गरेको प्रत्यक्षदर्शीले जनाएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा सुरुमा युवक कामतलाई रोक्न खोजेको नेपालतर्फको सुरक्षा टोलीले कुटपिट गर्न थालेपछि भने केही गरेको देखिँदैन।
घटनास्थलमा भेला भएका केहीले भाग्न खोजेका युवालाई समातेर एसएसबीको जिम्मा लगाएका थिए। सानो कल्भर्ट नजिकै भएको यो घटनामा एसएसबीका केही जवान नेपालतर्फ आउन खोजेको भए पनि त्यहीँका युवाले रोकेर फर्काएर युवालाई उनीहरूको जिम्मा लगाएको भिडिओमा देखिन्छ। एसएसबीको टोलीले कामतलाई नियन्त्रणमा लिएर लाठीले कुट्दै र घिसार्दै भारततर्फ लगेको थियो। शनिबार भएको यो घटनाको भिडिओ सोमबार बिहानदेखि भाइरल भएको छ। शनिवार भएको यो घटनाका बारेमा अनुसन्धान गर्न कामतलाई इलाका प्रहरी कार्यालयले समेत निर्याणमा लिएको थियो। एक रात प्रहरीको हिरासतमा राखेर कामतलाई आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
लागुऔषध प्रयोगकर्ता भएको दाबी गरेको प्रहरीले एसएसबीले कुटपिट गर्दा समेत नशामा रहेको दाबी गर्दै आएको छ। एसएसबीले कुटपिट गरेको बारेमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले लागुऔषधको नशामा भारतीय प्रहरीलाई ढुङ्गा हान्न थालेपछि उनीहरूले नियन्त्रणमा लिएर सशस्त्र प्रहरीलाई बुझाएको जानकारीमा आएको बताउनुभयो । पक्राउ परेका कामतलाई इलाका प्रहरी कार्यालय रानीले उनको श्रीमतीको रोहवरमा छाडिसकेको प्रहरीले जनाएको छ।