search logo
NOTIFICATIONS

भोटेकोशी बाढीपछि देवीघाटमा ६० मिटर लामो ‘एक्रो ब्रिज’ निर्माण

हाम्रो पेज

२१ भाद्र २०८३, आईतवार १८:२८
भोटेकोशी बाढीपछि देवीघाटमा ६० मिटर लामो ‘एक्रो ब्रिज’ निर्माण


विराटनगर, २१ भाद्र । नुवाकोटको देवीघाटमा ६० मिटर लामो ‘एक्रो ब्रिज’ निर्माण थालिएको छ। भदौ १० गते आएको भोटेकोशी बाढीले तादी नदीको पक्की पुल बगाएपछि यहाँ नेपाली सेनाले फलामे ‘एक्रो ब्रिज’ निर्माण अघि बढाएको हो। विदुर नगरपालिका ५ देवीघाटस्थित तादी नदीमा इन्जिनियर र नेपाली सेनाका फौजसहित ५५ जनाको टोली ‘एक्रो ब्रिज’ निर्माणमा खटिएका छन्। अबको केही दिनमै पुल निर्माण सकिने र यहाँ पैदल आवतजावत तथा यातायात संचालन सहज हुने पुल निर्माणको नेतृत्व गरिरहेका सेनानी चिरिञ्जीवी चौलागाईंले जानकारी दिनुभयो । नुवाकोटको पाँच स्थानमा पुल राख्न अध्ययन भएको सेनाले जनाएको छ। देवीघाटमा पुल जडानलगत्तै वेत्रावतीमा एक्रोब्रिज पुल जडान गरेर नुवाकोट र रसुवासँगको यातायात सम्पर्क सञ्चालन गरिने योजना छ। देवीघाटमा निर्माण थालिएको पुल ५७ दशमलव ५ मिटर लम्बाइ र ५ दशमलव ५ मि चौडाइको छ। बेलीब्रिजभन्दा एक्रोब्रिज गुणस्तरीय र धेरै भारवहन क्षमताको रहने सेनानी चौलागाईंले जानकारी दिए। उनका अनुसार अहिले निर्माण थालिएको पुलले ७० टन भारवहन क्षमता छ।