search logo
NOTIFICATIONS

श्रीराधाकृष्ण रथयात्रामा शनिहाट समाजद्वारा प्रसाद खीर वितरण

हाम्रो पेज

२० भाद्र २०८३, शनिबार १३:२४

विराटनगर, २० भाद्र । विराटनगरमा प्रत्येक वर्ष आयोजना हुँदै आएको एशियाकै दोस्रो ठूलो मानिने श्रीराधाकृष्ण रथयात्राका अवसरमा शनिहाट समाज, विराटनगरले यसवर्ष पनि श्रद्धालु भक्तजनहरूलाई खीर प्रसाद वितरण गरेको छ।

धार्मिक तथा सामाजिक सेवामा सक्रिय शनिहाट समाजले रथयात्रामा सहभागी हजारौं भक्तजनलाई खीर प्रसाद वितरण गर्दै आएको परम्परालाई यस वर्ष पनि निरन्तरता दिएको हो।

आयोजक संस्थाका प्रेमकुमार राठीका अनुसार शनिहाट समाजले हरेक वर्ष श्रीराधाकृष्ण रथयात्राको अवसरमा भक्तजनहरूलाई खीर प्रसाद वितरण गर्दै आएको छ। धार्मिक आस्था, सेवा र सद्भावको भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो।

धार्मिक उत्सवलाई थप भव्य र व्यवस्थित बनाउन शनिहाट समाजलगायत अन्य सामाजिक संघसंस्थाहरूको योगदान महत्वपूर्ण रहने स्थानीयवासीले बताएका छन्।

श्रीराधाकृष्ण रथयात्रा विराटनगरको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित छ। हरेक वर्ष लाखौं श्रद्धालुहरूको सहभागिता रहने यस रथयात्रामा विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थाहरूले सेवा तथा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएका छन्।