search logo
NOTIFICATIONS

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा उक्याब नियुक्त, यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू

हाम्रो पेज

२० श्रावण २०८३, बुधबार १४:०४
कप्तानगन्ज घटनाका पीडितलाई राहत प्रदान गर्ने सरकारको निर्णय


काठमाडौं, २० श्रावण । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा काठमाडौंकी याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।लगानी बोर्डको सीईओ नियुक्त उक्याब विकास अर्थशास्त्री हुन्। यसअघि लगानी बोर्डमै पराशर्मदाताको रुपमा काम गर्नुभएकी उक्याब सार्वजनिक नीति, दिगो विकास, जलवायु, आर्थिक विकास तथा लगानीका विषयको विशेषज्ञका रूपमा परिचित हुनुहुन्छ । उक्याबले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीति विषयमा स्नातकोत्तर तह अध्ययन गर्नुभएको छ ।

बैठकले विश्वविद्यालय अनुदान आयोगमा रिक्त रहेको अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्गबहादुर केसी र सचिव पदमा प्राध्यापक डाक्टर रोजेश श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय गरेको छ भने तथ्याङ्क पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गरेको छ । साथै बैठकले नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश २०५४ खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने निर्णय समेत गरेको प्रवक्ता पोखरेलले बताउनुभयो । त्यस्तै मन्त्रिपरिषद् बैठकले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति, राहत, उपचारको व्यवस्था गर्ने गरेको उनले जानकारी दिनुभयो । घटनामा सुनसरी ३ र सिरहामा १ गरी ४ जनाको मृत्यु भएको छ । बैठकले पशु बधशाला र मासु जाँच ऐन २०५५ चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने र बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक २०८३ सङ्घीय संसद समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ ।