हाम्रो पेज

यी हुन् बैठकका मुख्य निर्णयहरू
१. अर्थ मन्त्रालयः अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्नुपर्ने विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने।
२. कानुन मन्त्रालयः ‘एग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जरभेसन एन्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिडिक्सन’ लाई अनुमोदनका लागि संघीय संसद्मा पेस गर्न स्वीकृति दिने ।
३. गृह मन्त्रालयः नेपाल प्रहरीमा कार्यरत ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी हरूको सरुवा गर्ने ।
४. पूर्वाधार विकास मन्त्रालयः विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का धनकुटालाई नियुक्त गर्ने।
५. भूमि मन्त्रालयः कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने।
६. शिक्षा मन्त्रालयः शिक्षा दशौं संशोधन नियमावली २०८३ स्वीकृत गर्ने।
७. सञ्चार मन्त्रालयः गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावल कैलालीलाई नियुक्त गर्ने।
८. सञ्चार मन्त्रालयः सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुङ्गाना मोरङ लाई नियुक्त गर्ने।
९. राष्ट्रिय सदाचार नीति २०८३ र राष्ट्रिय विज्ञापन नीति २०८३ स्वीकृत गर्ने।
मन्त्रिपरिषद् बैठकका ९ निर्णयहरुः प्रहरीका ८ एआईजीको सरुवा, के कहाँ ?
मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका ८ एआईजी सरुवा गर्दा केन्द्रीय अनुसन्धान व्युरो सिआईबीको जिम्मेवारी उमाप्रसाद चतुर्वेदीले पाउनु भएको छ । मन्त्रिपरिषद् सचिवालय स्रोतका अनुसार सीआईबी प्रमुखको जिम्मेवारीमा रहेका अर्का एआईजी डा. मनोजकुमार केसी हेडक्वार्टरस्थित अपराध अनुसन्धान विभाग सरुवा हुनु भएको छ । प्रहरीको काठमाडौं उपत्यका कार्यालय प्रमुखमा अर्का एआईजी सुशीलसिंह राठौर सरुवा हुनु भएको छ । त्यहाँका प्रमुख एआईजी ईश्वर कार्की हेडक्वार्टरको मानवस्रोत विभाग सरुवा हुनु भएको छ । हाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा रहनु भएका एआईजी सिद्धीविक्रम शाह हेडक्वार्टरको अपरेशन विभाग र प्रतिष्ठानमा अर्का एआईजी राजन अधिकारी सरुवा हुनु भएको छ । हेडक्वार्टरभित्रैको प्रदेश समन्वय विभागबाट एआईजी डम्बरबहादुर विक प्रशासन विभागमा र प्रशासनबाट एआईजी हिमालय श्रेष्ठ प्रदेश समन्वयमा परस्पर सरुवा हुनु भएको छ ।
