असार १५ देखि १७ सम्म यी स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

हाम्रो पेज

१५ असार २०८३, सोमबार ११:२२
२ दिन मुसलधारे पानी पर्ने,सरकारले गरायो सचेत


काठमाडौं, १५ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू भाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भू भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ। अन्य भूभागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू भाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भू भागमा २, ३ दिनमा मनसुन बिस्तार हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार बिहान देशको सातै प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। पछिल्लो एक घन्टामा रूपन्देहीको भैरहवामा ३४दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ। सूर्यपुरामा २९दशमलव ८ मिलिमिटर, तिलोत्तमामा १५दशमलव २ मिलिमिटर, कालीकोटको गेलामा २६दशमलव ४ मिलिमिटर, गोरखाको ताकुकोटमा १०दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो चौबीस घन्टामा लमजुङको भोर्लेटारमा १२२ मिलिमिटर, नवलपुरको दम्कौलीमा ११२ दशमलव ८ मिलिमिटर, रूपन्देहीको तिलोत्तमामा ११६दशमलव ४ मिलिमिटर, कपिलवस्तुको भगवानपुरमा ८४ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ।

सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भुभागका धेरै स्थानमा,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थान मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षारहिमपातको तथा देशका तराई भूभागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै कोशी प्रदेशको तराई र मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। सोमबार राति कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका धेरै स्थान, र लुम्बिनी प्रदेशका पहाडी भुभागका केही स्थानमा र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जनर चट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । त्यस्तै मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराईका धेरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी प्रदेशको एक(दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । राति नै कोशी प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने

मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले  विशेष मौसम बुलेटिन जारी गर्दै उक्त पूर्वानुमान गरेको हो। महाशाखाका अनुसार मधेस, कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी ९मुसलधारे० वर्षा हुने सम्भावना रहेको छ। यसैगरी देशका पहाडी तथा तराई क्षेत्रका धेरै र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्ने भएकाले मनसुन देशका बाँकी क्षेत्रमा पनि थप फैलिने सम्भावना रहेको महाशाखाले जनाएको छ। सम्भावित भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्र्यान बहावको जोखिम बढ्न सक्ने, सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने र ठूला–साना नदीखोलामा पानीको सतह बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ। यसका साथै दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सर्वसाधारणका साथै सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी तथा प्रतिकार्यका लागि सजग रहन आग्रह गरिएको छ।