हाम्रो पेज

विराटनगर, ३ असार । साविक विजेता अर्जेन्टिनाले सन् २०२६ को फिफा विश्वकपमा आफ्नो उपाधि रक्षाको अभियान बलियो रूपमा सुरु गरेको छ। अमेरिकाको क्यान्सास सिटी रंगशालामा भएको खेलमा कप्तान लिओल मेस्सी जादुमयी ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हरायो। खेलको सुरुवात निकै रोमाञ्चक रह्यो। सुरुमै मेस्सी र अल्जेरियाका फारेस चैबी दुवैको गोललाई अफसाइड भन्दै रद्द गरिएको थियो। तर, खेलको १७ औं मिनेटमा रोड्रिगो डे पलको पासमा मेसीले डिबक्स बाहिरबाट उत्कृष्ट कर्लिङ प्रहार गर्दै पहिलो गोल गरे। दोस्रो हाफमा मेसी झन् आक्रामक देखिए। ६० औं मिनेटमा म्याक एलिस्टरको प्रहार लुका जिदानले बचाउन खोज्दा फर्किएको बललाई मेस्सीले दायाँ खुट्टाले प्रहार गर्दै दोस्रो गोल गरे। खेलको ७६ औं मिनेटमा निकोलस गोन्जालेजको पासमा बक्सको छेउबाट बायाँ खुट्टाको ट्रेडमार्क प्रहारमार्फत तेस्रो गोल गर्दै मेस्सीले आफ्नो विश्वकप करियरको पहिलो ह्याट्रिक पुरा गरे।
३८ वर्षको उमेरमा पनि मेस्सीको जादु कम भएको छैन भन्ने प्रमाण आजको खेलले दिएको छ। मेस्सीले खेलको १७ औं, ६० औं र ७६ औं मिनेटमा गोल गर्दै आफ्नो विश्वकप करियरकै पहिलो ह्याट्रिक पुरा गरे। यस ह्याट्रिकसँगै मेसीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने जर्मनीका दिग्गज खेलाडी मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान बराबरी गरेका छन्। अब मेस्सी र क्लोज संयुक्त रूपमा विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। खेलको सुरुदेखि नै अर्जेन्टिनाले अल्जेरियालाई दबाबमा राखेको थियो। खेलको १७ मिनेटमा मेसीले सुरुवाती अग्रता दिलाउँदै खेलमा अर्जेन्टिनाको पकड बलियो बनाए। मिनेटमा उत्कृष्ट मुभ बनाउँदै मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे। ७६ मिनेटमा आफ्नो ट्रेडमार्क बायाँ खुट्टाको प्रहार मार्फत उत्कृष्ट गोल गर्दै मेस्सीले ह्याट्रिक पुरा गरे र इतिहास रचे। ह्याट्रिक पुरा गरे लगत्तै मेस्सीको स्थानमा युवा खेलाडी निको पाज मैदान प्रवेश गरेका थिए। मेसी मैदानबाट बाहिरिँदै गर्दा रंगशालामा उपस्थित हजारौं दर्शकले उठेर सम्मान प्रकट गरेका थिए।

यस ऐतिहासिक खेलमा ३८ वर्षीय मेसीले आधा दर्जन बढी रेकर्डहरू आफ्नो नाममा लेखेका छन्ः
१. विश्वकप इतिहासमै सर्वाधिक गोल रेकर्ड बराबरीः यस ह्याट्रिकसँगै मेस्सीको विश्वकपमा कुल १६ गोल पुगेको छ। उनले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको विश्वकै सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन्।
२. ६ वटा विश्वकप खेल्ने पहिलो खेलाडीः सन् २००६, २०१०, २०१४, २०१८, २०२२ र अहिले २०२६—मेसी फुटबल इतिहासमा ६ वटा फरक विश्वकप संस्करण खेल्ने संसारकै पहिलो र एक मात्र खेलाडी बनेका छन्।
३. अर्जेन्टिनाका लागि २००औं खेलः यो खेल मेसीको अर्जेन्टिनाको जर्सीमा २००औं अन्तर्राष्ट्रिय खेल थियो। यो आँकडा छुने उनी पहिलो अर्जेन्टिनी खेलाडी हुन्।
४ं विश्वकपमा पहिलो ह्याट्रिकः मेस्सीले आफ्ना धेरै कीर्तिमानहरू बीच विश्वकपमा भने अहिलेसम्म ह्याट्रिक गरेका थिएनन्। ३८ वर्षको उमेरमा उनले आफ्नो करियरको पहिलो विश्वकप ह्याट्रिक दर्ता गरे।
५. सर्वाधिक विश्वकप खेलः विश्वकपमा आफ्नो २७ औं खेल खेल्दै उनले सबैभन्दा धेरै विश्वकप खेल खेल्ने आफ्नै रेकर्डलाई अझै मजबुत बनाएका छन्।
६. साविक विजेताको रूपमा पहिलो जितः अर्जेन्टिनाको इतिहासमा साविक विजेताको रूपमा मैदान उत्रिँदा पहिलो खेल जितेको यो पहिलो पटक हो। यसअघि १९८२ र १९९० मा अर्जेन्टिनाले साविक विजेता भएर खेल्दा पहिलो खेल हारेको थियो।