हाम्रो पेज
विराटनगर, २७ जेष्ठ । विराटनगर विमानस्थलभित्र सञ्चालित होटल तथा क्याफेहरूले उपभोक्तासँग वस्तुमा अंकित खुद्रा मूल्य ९एमआरपी० भन्दा अत्यधिक बढी रकम असुल्ने गरेको पाइएको छ। सरकारी अनुगमन टोलीले गरेको छड्के निरीक्षणमा यस्तो अनियमितता फेला परेपछि चारवटा व्यवसायलाई कुल १२ लाख रुपैयाँ जरिवाना गरिएको छ। विमानस्थलभित्रका पसलहरूले यात्रु तथा सर्वसाधारणबाट मनपरी मूल्य लिने गरेको गुनासो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा सोमबार साँझ संयुक्त अनुगमन गरिएको थियो। अनुगमनका क्रममा विमानस्थल परिसरभित्र सञ्चालित चारवटा होटल तथा क्याफेले वस्तुमा उल्लेखित मूल्यभन्दा धेरै बढी रकम लिई बिक्री गरेको पुष्टि भएको हो। अनुगमन टोलीका अनुसार बोर्डिङ कक्षमा रहेको ममता होटलले १०० रुपैयाँ मूल्य अंकित डेरी मिल्क चकलेट २०० रुपैयाँमा बिक्री गरेको भेटियो। त्यस्तै, ग्यालेक्सी क्याफे एण्ड होटल प्रालिले ५० रुपैयाँ मूल्यको कोकाकोलाको बोतल १६० रुपैयाँमा बिक्री गरी बिल काटेको फेला परेको छ। गरिमा क्याफेले ५० रुपैयाँ पर्ने कोकाकोलालाई ८० रुपैयाँमा बिक्री गरेको पाइएको छ भने अनुकूल होटल एण्ड भान्सा घरले ८ रुपैयाँ मूल्य अंकित चकलेट १७ रुपैयाँ ६९ पैसामा बिक्री गरेको तथ्य खुलेको छ। अनुगमनका क्रममा विराटनगर विमानस्थलको बोर्डिङ कक्षमा सञ्चालित ममता होटेलले १०० रुपैयाँ मूल्य अंकित डेरी मिल्क चकलेट २०० रुपैयाँमा बिक्री गरेको फेला परेको थियो । त्यस्तै, विमानस्थलको क्यान्टिनमा सञ्चालित ग्यालेक्सी क्याफे एण्ड होटेल प्रा.लि.ले ५० रुपैयाँ मूल्य रहेको कोकाकोलाको बोतल १६० रुपैयाँमा बिक्री गरी बिल काटेको भेटिएको छ । यस्तै, विमानस्थल परिसरमै सञ्चालित गरिमा क्याफेले ५० रुपैयाँ पर्ने कोकाकोलालाई ८० रुपैयाँमा बिक्री गरेको पाइएको छ । अनुकुल होटेल एन्ड भान्सा घरले ८ रुपैयाँ मूल्य अंकित चकलेटलाई १७ रुपैयाँ ६९ पैसामा बिक्री गरेको तथ्य अनुगमन टोलीले फेला पारेको थियो ।
उपभोक्ताबाट चर्को मूल्य असुली गरेको पुष्टि भएपछि चारवटै व्यवसायमाथि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ङ अन्तर्गत कसुर कायम गरिएको छ। सोही ऐनको दफा ३९ ख बमोजिम प्रत्येक व्यवसायलाई तीन–तीन लाख रुपैयाँका दरले जरिवाना गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाले जानकारी दिनुभयो।विमानस्थलजस्तो सार्वजनिक सेवा र यात्रुको बाध्यतासँग जोडिएको स्थानमा विकल्पको अभावको फाइदा उठाउँदै अस्वाभाविक मूल्य असुल्ने प्रवृत्ति लामो समयदेखि गुनासोको विषय बन्दै आएको कोइरालाले बताउनुभयो।अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय मोरङ, नेपाल प्रहरी तथा उपभोक्ता हित संरक्षण मञ्च नेपालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले उपभोक्तालाई ठगी गर्ने, अंकित मूल्यभन्दा बढी रकम असुल्ने तथा कानुनविपरीत व्यापार गर्ने जोसुकैमाथि निरन्तर निगरानी र कडा कारबाही जारी रहने चेतावनी दिनुभएको छ।