search logo
NOTIFICATIONS

एभरेष्ट कलेजमा कक्षा–११ का विद्यार्थीकालागि अभिमुखीकरण कार्यक्रम

हाम्रो पेज

२७ जेष्ठ २०८३, बुधबार १७:११
विराटनगर, २७ जेष्ठ । विराटनगर-५ स्थित एभरेष्ट कलेजले कक्षा ११ का विद्यार्थीकालागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।कलेजको सभाहलमा आयोजित कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई उत्प्रेरक डा. ताराप्रसाद गिरीले विभिन्न प्रसङ्ग र उदाहरण प्रस्तुत गर्दै भविष्य उज्वल बनाउन खेल्नुपर्ने भूमिकाका विषयमा अवगत गराउनुभयो ।

उहाँले कक्षा ११ र १२ भनेको उच्च शिक्षाकालागि एउटा महत्वपूर्ण खुट्किलो रहेको भन्दै यी दुई वर्षमा गर्ने मेहनतले भविष्यको आकार कस्तो बन्ने भन्ने तय हुने बताउनुभयो । एभरेष्टले दिने वातावरणको सहि सदुपयोग गर्न सक्दा मात्रै पनि विद्यार्थीको भविष्य उज्वल हुने तर्क गर्दै डा. गिरीले हरेक अभिभावक र शिक्षकले विद्यार्थीको भलो मात्रै चाहने भएकाले विद्यार्थीले पनि त्यस्तै बन्नुपर्ने धारणा राख्नुभयो ।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले एभरेष्टले विद्यार्थीको सर्वाङ्गीण विकासका निम्ति वातावरण बनाइदिएको भन्दै कुनै कुराको अभाव भए तत्काल  जानकारी गराउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाईंहरुको शैक्षिक विकासका निम्ति केहि थप गर्नुपर्ने भए मलाई भन्नुहोस्, हामी त्यो गर्छौ ।

विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले कक्षा–११ र १२ ले विश्वविद्यालयको शिक्षा कस्तो बनाउने भन्ने तय गर्ने भएकाले सोहि अनुसार विद्यार्थीले मेहनत गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एभरेष्ट कलेजका को-अर्डिनेटर भुवन गौतमले कलेजमा पालना गर्नुपर्ने अनुशासन, कलेजमा गर्न नपाइने विषय र कलेजमा उपलब्ध सुविधालगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो । विज्ञान, कम्प्यूटर विज्ञान र व्यवस्थापन संकायमा कक्षा ११ र १२ को अध्यापन हुने एभरेष्टले यहि शैक्षिक सत्रदेखि बीआईटीको समेत अध्यापन शुरु गर्दैछ ।