NOTIFICATIONS
हाम्रो पेज
काठमाडौं, १३ अषाढ । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार, ३ दशमलव ६ देखि ४ सम्म ४८ हजार १७७ जना, जिपिए ३ दशमलव २ देखि ३ दशमलव ६ सम्म ८१ हजार ३८५ जना, जिपिए २ दशमलव ८ देखि ३ दशमलव २ सम्म ८९ हजार १२४ जना, जिपिए २ दशमलव ४ देखि २ दशमलव ८ सम्म ४८ हजार ४७९ जना, जिपिए २ दशमलव ० देखि २ दशमलव ४ सम्म ४१२६ जना, जिपिए १ दशमलव ६ देखि २ दशमलव ० सम्म ८ जना वर्गीकृत भएका छन् । १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । अवर्गीकृत परीक्षार्थीको सङ्ख्या १ लाख ६७ हजार ५९७ रहेको छ ।
गत वर्षको चैत ७ गतेदेखि सुरु भएको एसईईमा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए। जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना थिए। एसईईमा ६१ दशमलव ८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षभन्दा धेरै विद्यार्थी ग्रेडमा समावेश भएका छन्। गत वर्ष ४७ प्रतिशत मात्रै ग्रेडमा समावेश भएका थिए। परीक्षार्थीले बोर्डको वेबसाइटबाट एसइईको नतिजा हेर्न सक्छन्। यस्तै, टेलिफोन वा मोबाइल फोनबाट १६०० डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर राखेर पनि हेर्न सक्नेछन्।