हाम्रो पेज
काठमाडौं,६ आश्विन । मौसम विभागले असोज ९ देखि ११ गतेसम्मलाई १५ जिल्लामा रेड अलर्ट जारी गरेको छ। जसमा १४ हिमाली जिल्लास दार्चुला, बझाङ, हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ छन्। त्यस्तै बाजुरामा पनि रेड अलर्ट जारी गरिएको छ। सोमबार विशेष बुलेटिन निकाल्दै ४० भन्दा बढी जिल्लामा सतर्कता अपनाउनुपर्ने स्थिति दर्शाएको थियो। आज मौसम पूर्वानुमानले थप स्थिति विश्लेषण गरी विशेष सतर्कता अपनाउनुपर्ने भन्दै रेड अलर्ट जारी गरेको हो। आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङर हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ। साथै मधेश प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जनर चट्याङर हावाहुरी सहित भारी देखि धेरै भारी वर्षाको तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ,’ मौसम पूर्वानुमान महाशाखाले भनेको छ।
महाशाखाका अनुसार देशका अधिकांश स्थानमा मेघगर्जनर चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगाल खाडीको मध्य भू–भाग आसपासमा रहेको महाशाखाले बताएको छ।
‘उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र भई पश्चिम– उत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ र यसको प्रभावले बुधबारबाट नै कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने देखिन्छ,’ महाशाखाले भनेको छ। मौसम पूर्वानुमान महाशाखाले आउँदो असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको चेतावनी दिएको छ । महाशाखाले मंगलबार विशेष मौसम बुलेटिन जारी गर्दै यसको प्रभावले बुधबारदेखि नै वर्षाको गतिविधि बढ्दै जाने जनाएको छ ।
“उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भू–भाग आसपासमा रहेको छ । उक्त प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ । यसको प्रभावले बुधबारबाट नै कोसी, वाग्मती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने देखिन्छ,” महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ । महाशाखाले असोज ९–११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङरहावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको समेत चेतावनी दिएको छ । साथै, मधेस प्रदेश तथा कोसी, वाग्मती र सुदूरपश्चिम प्रदेशका थौरै स्थानमा पनि मेघगर्जनरचट्याङरहावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको तथा कर्णाली प्रदेशको पनि थौरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ । देशका अधिकांश स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको पूर्वानुमान महाशाखाले गरेको छ । उक्त मौसम प्रणालीको प्रभाव देशको हिमाली भू–भागमा भारीसम्म हिमपात हुन सक्ने भएकोले पर्वतारोही तथा सम्बन्धित सबैले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।