NOTIFICATIONS
हाम्रो पेज
इटहरी, २९ भदौ । उच्च अदालत विराटनगर बारका पूर्वअध्यक्ष तथा वरिष्ठ कानून व्यवसायी योगेन्द्रकुमार शर्मा न्यौपानेको निधन भएको छ। इटहरी–६, पिस जोन मार्गस्थित आफ्नै निवासमा आज बिहान ८ः२५ बजे ८० वर्षको उमेरमा न्यौपानेको निधन भएको हो।
न्यौपाने विगत पाँच वर्षदेखि लिभर सिरोसिसबाट पीडित हुनुहुन्थ्यो। लामो समयदेखि उपचाररत उहाँको स्वास्थ्यमा थप जटिलता देखिएपछि आफ्नै निवासमा उपचारका क्रममा निधन भएको परिवारजनले जनाएको छ।
स्वर्गीय न्यौपानेका पत्नी शारदा न्यौपाने, छोरा डा. योगेश न्यौपाने र छोरी इन्जिनियर उषा न्यौपाने हुनुहुन्छ। उहाँको निधनले कानून व्यवसायी तथा न्यायक्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै आफन्त, सहकर्मी तथा शुभेच्छुकहरूले दुःख व्यक्त गरेका छन्। स्वर्गीय न्यौपानेको आजै स्थानीय बुढीगंगा आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।