NOTIFICATIONS
हाम्रो पेज
काठमाडौं, ७ श्रावण । चरित्र हत्या गरेको आरोपमा प्रहरीले अभियानी वेदिका केसीलाई पक्राउ गरेको छ। बिहीबार बिहान काठमाडौंको जोरपाटीबाट साइबर ब्युरोले पक्राउ गरेको एसपी दिलिप गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार एक महिलाको सामाजिक सञ्जालमा चरित्र हत्या गरेको जाहेरी परेपछि अनुसन्धानका लागि पक्राउ गरेको हो। धर्म, आस्था र परम्पराका गलत तथ्य वा विषयका सम्बन्धमा उनले बहस चलाउँदै आएकी थिइन्। कथावाचिका राधिका दासीको उजुरीका आधारमा उनी पक्राउ परेको बताइएको छ। वेदिकाले टेलिभिजन अन्तर्वार्ता साथै सामाजिक सञ्जालमा दासीका विषयमा विभिन्न अभिव्यक्ति दिएकी थिइन् ।