हाम्रो पेज
![]()
काठमाडौंं,२८ असार । गणेश नेपाली मृत्यु प्रकरणमा सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा एक स्वतन्त्र छानबिन समिति गठन गर्ने भएको छ। आज ९आइतबार० संघीय सरकार, काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच भएको समिति गठन गर्ने सहमति भएको हो। सो समिति गठन भएको ७ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने छ। सरकार र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ। उनीहरूबीच मृतककी छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौँ महानगरपालिकाबाट सम्पूर्ण खर्च समेतको आवश्यक प्रबन्ध मिलाइने, मृतकको आश्रित परिवारलाई राहतस्वरुप यथोचित रकम उपलब्ध गराइने, मृतकको अन्तिम संस्कारका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था र काठमाडौँमा गरिने काजक्रियाको आवश्यक व्यवस्थापन काठमाडौँ महानगरपालिकाबाट मिलाइनेलगायतका सहमति भएको छ।

सहमतिका बुँदाहरूः
१ यस घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। उक्त समिति गठन भएको मितिले सात दिनभित्र प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गर्नेछ।
२ स्वर्गीय गणेश नेपालीलाई सहिद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन, विगतको अभ्यास तथा गठन हुने छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा नेपाल सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउनेछ।
३ घटना घटेको दिन उक्त घटनास्थलमा फिल्डमा अग्रभागमा खटिएका काठमाडौँ महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई पछि छानबिन आयोगको प्रतिवेदनरसिफारिस बमोजिम जाने गरी हाललाई निलम्बन गर्न काठमाडौँ महानगरपालिकालाई जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट लेखी पठाउने।
४ काठमाडौँ महानगरपालिकाको आगामी बस्ने कार्यपालिका बैठकको निर्णयानुसार मृतककी श्रीमतीलाई निजको योग्यता तथा क्षमताका आधारमा रोजगारी सुनिश्चित गरिनेछ। साथै, मृतककी छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौँ महानगरपालिकाबाट सम्पूर्ण खर्च समेतको आवश्यक प्रबन्ध मिलाइनेछ। यस कार्यका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले समन्वय गर्नेछन्।
५ काठमाडौँ महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट निर्णय गराई मृतकको आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराइनेछ।
६ मृतकको अन्तिम संस्कार ९सद्गत० का लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था तथा काठमाडौँमा गरिने काजक्रियाको आवश्यक व्यवस्थापन काठमाडौँ महानगरपालिकाबाट मिलाइनेछ।
७ पीडित परिवार तथा आफन्तजनको तर्फबाट मृतकको शव बुझिलिने, शव परीक्षण पोष्टमार्टम लगायतका कानुनी प्रक्रियामा पूर्ण सहयोग र सहजीकरण गरी सद्गत गर्ने जिम्मा लिइनेछ।
८ मृतकका एकाघरका परिवारजनको आतेजाते यातायात खर्च एवम् काठमाडौंमा काजक्रिया अवधिभर रहँदा बस्दा हुने सम्पूर्ण खर्चको प्रबन्ध काठमाडौं महानगरपालिकाले व्यहोर्नेछ।
९ पीडित परिवारका एकाघरका परिवारको स्वास्थ्य विमाको कार्य स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट आवश्यक व्यवस्था मिलाइनेछ
।