टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान

हाम्रो पेज

२१ जेष्ठ २०८३, बिहीबार १६:३८
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान, २१ करोड सम्पत्तिमाथि पनि छानबिन

काठमाडौं, २१ जेष्ठ । टिकटकर तुल्सी अधिकारीलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ। जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले बिहीबार अधिकारीलाई पुर्पक्षका लगि थुनामा पठाउने आदेश गरेको हो। अधिकारीविरुद्ध एक व्यवसायीलाई हनिट्रयापमा पारेर करोडौँ असुलेको आरोप छ। सोही आरोपमा उनलाई आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलाइएको हो। अधिकारीलाई नेपाल प्रहरीले इन्टरपोटलको सहयोगमा थाइल्यान्डमा पक्राउ गरेर ल्याएको थियो। नवलपरासी पश्चिम घर भई हाल ललितपुरको भैँसेपाटी बस्दै आएकी अधिकारीविरुद्ध यी तीन कसुरमा गत चैतमै मुद्दा दर्ता भएको थियो। उनले एक व्यवसायीबाट ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ लिएको अभियोग लगाइएको छ। उनुसन्धानका क्रममा उनको आर्थिक कारोबार अस्वभाविक पाइएको भन्दै सम्पत्ति शुद्धीकरणको कसुरमा २१ करोड बढी बिगो कायम गर्दै मुद्दा दायर गरिएको थियो। इन्टरपोलबाट २०८२ चैत ३ गते रेड नोटिस जारी गराएको थियो। ती व्यवसायीले तुल्सीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा जाहेरी दिएका थिए। अदालतमा तुल्सीसहित ९ जना र एउटा पसललाई प्रतिवादी बनाइएको छ। भारतका मुकेशकुमार धानुका, पोखराकी नेलिका लामिछाने, तेह्रथुमकी दिलुकुमारी लिम्बू, पाल्पाका प्रयास पोखरेल, सल्यानकी सपना वली, नवलपरासीकी गंगा अधिकारी सुवेदी, पाल्पाका मेघनाथ बस्याल र सिरहाका अशोककुमार अग्रवाल रहेका छन्। उनीहरुको तुल्सीले भनेअनुसार व्यापारीबाट रकम बुझेको आरोप छ। उनको तुलसा कलेक्सनलाई पनि प्रतिवादी बनाइएको छ। उनलाई नख्खु कारागार लगिने जिल्ला प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीले बताउनु भएको छ । कुमार चिमोरियाको जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्दामा टिकटकर अधिकारी, अशोककुमार अग्रवालसहित १० जना प्रतिवादी छन् । उनीहरुका विरुद्ध आपराधिक लाभ , संगठित अपराध र सम्पत्ति शुद्धीकरण समेतको कसुरमा मुद्दा चलेको हो । चिमोरियाले २०८२ साउन २४ गते ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिएका थिए । साथै, टिकटकर अधिकारीको २१ करोड सम्पत्तिको स्रोत नखुलेका कारण सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको छ । २०८२ भदौदेखि फरार उनी चीन हुँदै थाइल्याण्ड पुगेपछि शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी थिइन् ।