रवि लामिछाने भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

हाम्रो पेज

१० जेष्ठ २०८३, आईतवार १७:४४

दिल्ली जाँदै रास्वपा सभापति रवि, मोदीसँगको भेट तय हुन् बाँकी

काठमाडौं, २० जेष्ठ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने अर्को साता भारत भ्रमणमा जाने हुनु भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि भारत भ्रमण गर्ने रास्वपाका उहाँ पहिलो शीर्ष नेता हुनेछन्। भारतको विदेश मन्त्रालयको निमन्त्रणामा लामिछाने जुन १–२ ९जेठ १८–१९ मा नयाँ दिल्ली जाने तय भएको हो। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेट हुन सक्ने आकलन गरिएको भए पनि हालसम्म औपचारिक रूपमा भेट निश्चित भइसकेको छैन। रास्वपाका नेताहरूका अनुसार भ्रमणका क्रममा लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विक्रम मिश्री लगायत उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। पार्टीगत भ्रमण भएकाले उनलाई भारतको सत्तारुढ भारतीय जनता पार्टी भाजपा मुख्यालयमा स्वागत गर्ने तयारी गरिएको छ। त्यहाँ उनले भाजपाका अध्यक्ष नितिन नवीन सँग पनि भेट गर्ने बताइएको छ। भारतले यसअघि पनि नेपालका सत्तारुढ दलका शीर्ष नेताहरूलाई विदेश मन्त्रालयको निमन्त्रणामा भ्रमण गराउँदै आएको छ। यसअघि शेरबहादुर देउवा र पुष्पकमल दाहाल ले पनि भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा भारत भ्रमण गर्नुभएको थियो । उहाँहरू दुवै भाजपा मुख्यालय पुग्नु भएको थियो । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण अनिश्चित भइरहेका बेला लामिछानेको दिल्ली भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ। निर्वाचनपछि दुई तिहाइ बहुमतसहित सरकार गठन भएयता रास्वपा सभापति लामिछानेको यो पहिलो भारत भ्रमण हुनेछ। यसअघि संसदको चौथो ठूलो दलको नेता तथा दुई पटक गृहमन्त्री रहँदा पनि रवि भारत भ्रमणमा जानु भएको थिएन । यता, प्रधानमन्त्री शाहसँग भेटको समय नमिलेपछि भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण स्थगित भएको थियो। साथै, मे महिनाको अन्तिम साता तय भएको परराष्ट्रमन्त्री शीशीर खनाल को भारत भ्रमण पनि स्थगित भइसकेको छ। भारत र चीन ले लिपुलेक नाका हुँदै पुनः व्यापार सञ्चालन गर्ने घोषणा गरेपछि नेपाल सरकारले दुवै देशलाई कूटनीतिक नोट पठाएर विरोध जनाएको थियो। बालेन सरकार गठन भएयता नेपाल–भारत सम्बन्धमा उल्लेखनीय नयाँ प्रगति हुन नसकेको टिप्पणी हुँदै आएको छ।