
चितवन, १५ फाल्गुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा चुनावी प्रचारप्रसारका लागि हामी आयौँ भन्ने नाराका साथ परिवर्तन उद्घोष सभा गरेको छ। सभामा रास्वपाका चितवनका उम्मेदवारहरुसहित झापा–५ बाट उम्मेदवार रहेका बालेन र तनहुँ १का उम्मेदवार डा. स्वर्णिम वाग्लेले पनि सभामा सम्बोधन गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेता बालेन्द्र शाहले मुलुक हेटौँडा सिमेन्ट कारखानाजस्तै बन्द अवस्थामा पुगेको भन्दै अब चलाउनुपर्ने टिप्पणी गर्नुभएको छ । शुक्रवार चितवनमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै नेता साहले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले दक्ष जनशक्ति, खानि र आवश्यक औजार हुँदाहुँदै पनि हेटौँडा सिमेन्ट उद्योग बन्द गरिएको भन्दै उहाँले नेपाली काँग्रेसको ‘वाईवाई’ फ्याक्ट्री जस्तै चल्नुपर्ने टिप्पणी गर्नुभयो । उहाँले बन्द रहेका सबै कारखाना सञ्चालन तथा नयाँ उद्योग स्थापना गर्ने पार्टीको योजना रहेको भन्दै घण्टि चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको छ । मेसिन पनि छ । मेन पावर पनि छ, खानि पनि छ । तर बन्द । अब चल्नुप¥यो । नेपाली काँग्रेसको वाईवाई फ्याक्ट्रीजस्तै चल्नुप¥यो अब त्यो पनि । पूरै देशभरी चल्नुप¥यो । बन्द भएका सबै उद्योग तथा कारखाना चलाउने पार्टी बन्न चाहन्छौँ हामी ।’ उहाँले पार्टी सभापति नै यहीबाट उम्मेदवार रहेको भन्दै चिन्ता नलिन समेत चितवनबासीलाई आग्रह गर्नुभयो । चितवनले देशलाई पर्यटन प्रवद्र्धन सिकाएर विश्वलाई सिकाउनुपर्ने उहाँले बताउनुभयो । “चितवनले देशलाई टुरिजम प्रमोसन सिकाउने चितवन बन्नपर्छ । विश्वलाई सिकाउने होइन त ?,” बालेनले भन्नुभयो । उहाँले एउटा जिल्लामा भएको समस्याको अर्को जिल्लामा समाधान भेटिएको उहाँले बताउनुभयो । “म देशमा ४५, ५० जिल्लामा घुमियो । देशभरिका समस्याहरू उस्ता–उस्तै रहेछन् । कृषि लगायतका थुप्रै समस्या छन्,“ बालेनले भन्नुभयो , “तर, सम्भावना पनि रहेछ । एउटा जिल्लामा भएको समस्या अर्को जिल्लामा समाधान हुने रहेछ ।” उहाँले चितवन कोल्डस्टोरको हब बन्न सक्ने बताउनुभयो । “कोल्डस्टोरको हब बन्न चाहन्छ चितवन,“ बालेनले भन्नुभयो , “बर्खामा बिजुली बत्ती बढी हुन्छ । तर, हिउँदमा आफैँलाई बत्ती पुग्दैन । यो समस्या समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।” चुनावी प्रचार प्रसारका क्रममा मुलुकभर घुम्दा देखेका समस्या उस्तै उस्तै खालका पाएको समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो , ‘चुनावी प्रचार प्रसारका क्रममा देशभरका समस्या उस्तै रहेका पाएँ । अब निर्वाचनपछि बन्ने सरकारले ती समस्याको सम्बोधन गर्छ ।’ यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानले सहकारी वचत रकम अपचलन प्रकरणमा आफू विरुद्ध प्रमाण छ भनेको ६ सय ५८ दिन भइसकेको भन्दै नेपाली काँग्रेसका सभापति गगन थापाप्रति कटाक्ष गर्नुभएको छ । शुक्रवार चितवनमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो कटाक्ष गर्नुभएको हो । उहाँले आफूलाई अन्तिम इच्छा सोधिएको पनि निकै भइसकेको भन्दै आफ्नो अन्तिम इच्छा फागुन २१ मा मतपत्रमार्फत देखाइदिन मतदालाई आग्रह गर्नुभयो । उहाँले नेपाललाई मागिखाने नभई गरी खाने देश बनाउने प्रतिवद्धता समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘ममाथि प्रमाण छ भनिएको ६५८ दिन भएछ, चाहिएन प्रमाण भइगयो । मेरो अन्तिम इच्छा सोधेको पनि धेरै दिन भएछ । म चितवनबाट भन्छु मेरो अन्तिम इच्छा फागुन २१ गते देखाइदिनु होला ।’ उहाँले पाँच वर्षको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमतका साथ विजयी गराउन अपिल समेत गर्नुभयो ।
