search logo
NOTIFICATIONS

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, नयाँ कार्यसमिति गठन प्रस्ताव पेस

हाम्रो पेज

२८ पुष २०८२, सोमबार १२:२६

काठमाडौं, २८ पुष । कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ । विशेष महाधिवेशनको बन्दसत्रको अध्यक्षता श्यामकुमार खड्काले गर्नुभएको छ । भृकुटीमण्डपमा सुरु हुने बन्दसत्रको अध्यक्षको जिम्मेवारी ८८ वर्षीय प्रतिनिधि खड्कालाई दिने निर्णय भएको प्रचारप्रसार समिति संयोजक सुभास पोखरेलले बताउनुभयो । उहाँका अनुसार बन्दसत्रको सञ्चालन कास्की सभापति किशोरदत्त बरालले गरिरहनु भएको छ ।बन्दसत्रमा नीतिगत एवं संगठनात्मक प्रतिवेदन पेस हुनेछ । बन्दसत्रमा वर्तमान शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति विघटन र १५औं महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठन प्रस्ताव पेस भएको छ । भृकुटीमण्डपमा सुरु बन्द सत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गर्नुभएको छ । यता
नेपाली काँग्रेसका नेता डा। शेखर कोईरालाले पार्टी विभाजन हुन नदिने बताउनुभएको छ । सोमवार आफू पक्षका नेताहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले आफूले पार्टी जोगाउन कोशिस गरिरहेको र पार्टी जोगाएरै छोड्ने बताउनु भयो । उहाँले पार्टी फुट्छ की भन्ने चिन्ता नगर्न पनि आग्रह गर्नुभयो । सबैसँग समन्वय गरेर मिलाएर अघि बढाउने उहाँको प्रतिवद्धता छ । उहाँले भन्नुभयो, ‘पार्टी जोगाउन कोशिस गर्दैछु । पार्टी जोगिन्छ । त्यो चिन्ता नगर्नुस् । मेरो एउटै चिन्ता पार्टी फुट्न हुँदैन, र म फुट्न दिन्न । समन्वय गरिकन मिलाएर लगिन्छ, एकढिक्का बनाएर लैजान्छु ।’ सोमवारबाट बन्दसत्रको कार्यक्रम पनि चालु छ । यद्यपि संस्थापन पक्षले यसबारे कुनै चासो देखाएको छैन । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ६२ दशमलव प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । यो महाधिवेशनमा सहभागी हुन नाम दर्ता गराएका प्रतिनिधिको संख्या हो।