NOTIFICATIONS
हाम्रो पेज
विराटनगर, ०४ श्रावण । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) विराटनगर च्याप्टरले संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ ।युवा उद्यमीहरुको ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री भण्डारीले जायज माग र सुझावलाई सकारात्मक रुपमा लिएको बताउँदै व्यवहारमा लैजान छलफल गर्ने र यथासक्दो चाँडो कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सो अवसरमा मन्त्री भण्डारीले मञ्चले गरेको कार्यको प्रशंसा गर्दै युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्न र उद्यमशीलतामा लाग्न सुझावसमेत दिनुभयो । मन्त्री भण्डारीले युवाहरुलाई स्वदेशमै अथाह सम्भावना भएकोले देशमै बसेर व्यापार व्यवशायमा लाग्न तथा उद्यमशील बन्न आग्रहसमेत गर्नुभयो ।