search logo
NOTIFICATIONS

एसईई पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक, हेर्नुहोस परीक्षा सुची !

हाम्रो पेज

१५ असार २०८२, आईतवार १२:३८
काठमाडौं, १५ अषाढ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा एसईई को पूरक ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ। हालै प्रकाशित नतिजामा नन ग्रेड ल्याएका वा परीक्षामा अनुपस्थित भएका विद्यार्थीहरूलाई ग्रेड सुधारको अवसर दिन परीक्षा सञ्चालन गर्न लागिएको हो।
बोर्डले जारी गरेको सूचनाअनुसार, पूरक परीक्षा आगामी साउन २९ गते बिहीवारदेखि सुरु भई भदौ ६ गते शुक्रबारसम्म सञ्चालन हुनेछ। परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ। गत शुक्रबार प्रकाशित २०८१ सालको एसईईको नतिजाअनुसार, १ लाख ६७ हजार ५९७ जना विद्यार्थीले ननग्रेड प्राप्त गरेका थिए। बोर्डका अनुसार, नियमिततर्फ परीक्षामा सम्मिलित भई सी ग्रेड वा सोभन्दा कम ग्रेड प्राप्त गरेका परीक्षार्थीले आफूले चाहेका दुई विषयसम्म ग्रेडवृद्धिका लागि परीक्षा दिन पाउनेछन्। साथै, कुनै विषयको परीक्षामा अनुपस्थित भएका परीक्षार्थीहरूले पनि सोही विषयको पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ। बोर्डले विस्तृत परीक्षा तालिका र परीक्षा केन्द्रसम्बन्धी जानकारीसहितको सूचना प्रकाशित गरेको छ। सम्बन्धित सबै विद्यार्थीहरूलाई बोर्डको आधिकारिक सूचनामार्फत विस्तृत जानकारी लिन आग्रह गरिएको छ।

हेर्नुहोस परीक्षा सुची: