इरानको आक्रमणबाट इजरायलमा क्षति, अस्पताल बन्यो खण्डहर (फोटोफिचर सहित)

हाम्रो पेज

५ असार २०८२, बिहीबार १७:५४
एजेन्सी, ५ अषाढ I जुन १३ तारिखका दिन इजरायलले इरानमा हवाई हमला गरेपछि दुई देशबिचको तनाव जारी रहेको छ । दुवै पक्षले एक अर्कामाथि आक्रमण जारी राखेका छन् ।

इजरायलले आणविक स्थलहरूमा आक्रमण गर्दा इरानले क्षेप्यास्त्र आक्रमण सुरु गर्यो । इरानी क्षेप्यास्त्रहरूले इजरायली अस्पताल र भवनहरूलाई क्षति पुर्‍याए भने इजरायलले बढ्दो द्वन्द्वको बीचमा इरानको आणविक स्थलहरूमा आक्रमण गरेको छ । दक्षिणी इजरायली सहर बीयरशेबास्थित सोरोका अस्पतालमा इरानी मिसाइल प्रहार गरिएको एपी र स्थानीय मिडियाले जनाएका छन् । आक्रमणपछि अस्पताल प्रशासनले उपचारका निम्ति नआउन अपिल गरेको छ । इजरायली आपत्कालीन सेवा मागेन डेभिड एडोम (एमडीए) का अनुसार, इरानको उक्त आक्रमणमा कम्तीमा ३२ जना घाइते भएका छन् ।

हेर्नुहोस तस्वीर: