गृह मन्त्रालयद्वारा २० जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा, हेर्नुहोस् को कहाँ ?

हाम्रो पेज

३ असार २०८२, मंगलवार २१:२१
काठमाडौं, ३ अषाढ I गृह मन्त्रालयले ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूको सरुवा गरेको छ। गृहमन्त्री रमेश लेखकको मन्त्रीस्तरीय निर्णयबाट १५ सहसचिव र ५ उपसचिवसहित २० जना प्रजिअको जिम्मेवारी हेरफेर गरिएको हो। यो सरुवाले विभिन्न महत्त्वपूर्ण जिल्लाहरूमा नयाँ प्रजिअ पठाएको छ भने केहीलाई मन्त्रालय तथा अन्य निकायमा तानिएको छ।
को कहाँ पुगे ? ९ जना नयाँ प्रजिअको सूची
गोरखाः रामुराज कडरिया (सहसचिव)
भोजपुरः सुरेश पन्थी (सहसचिव)
डडेलधुराः जनार्दन गौतम गुल्मीबाट सरुवा
इलामः सुनिता नेपाल (सहसचिव)
सल्यानः नेत्रप्रसाद सुवेदी (सहसचिव)
जुम्लाः केदारनाथ शर्मा (सहसचिव)
रोल्पाः वासुदेव दाहाल (सहसचिव)
बैतडीः पुण्यविक्रम पौडेल गोरखाबाट सरुवा
सिन्धुलीः दिनेश सागर भुसाल (उपसचिव)
डोटीः बुद्धबहादुर गुरुङ (सहसचिव)
मन्त्रालयबाट जिल्लातिर
रामुराज कडरिया सहसचिवः गृह मन्त्रालयबाट प्रजिअ, गोरखा
सुरेश पन्थी महानिर्देशक करसुजन्य सम्पत्ति व्यवस्थापन विभागबाट प्रजिअ, भोजपुर
सुनिता नेपाल सहसचिव गृह मन्त्रालयबाट प्रजिअ, इलाम
नेत्रप्रसाद सुवेदी सहसचिवः गृह मन्त्रालयबाट प्रजिअ, सल्यान
केदारनाथ शर्मा सहसचिवः गृह मन्त्रालयबाट प्रजिअ, जुम्ला
बुद्धबहादुर गुरुङ सहसचिवः गृह मन्त्रालयबाट प्रजिअ, डोटी
प्रेमप्रसाद भट्टराई सहसचिवः गृह मन्त्रालयबाट महानिर्देशक
जिल्लाबाट जिल्लातिर
जनार्दन गौतमः प्रजिअ, गुल्मीबाट प्रजिअ, डडेलधुरा
पुण्यविक्रम पौडेलः प्रजिअ, गोरखाबाट प्रजिअ, बैतडी
शान्तिराम पुनः प्रजिअ, सल्यानबाट प्रजिअ, डडेल्धुरा
जिल्लाबाट अन्यत्र
कल्पना श्रेष्ठ प्रजिअ, इलामबाट सहसचिव, गृह मन्त्रालय वा अन्तर्गत।
धिरजराज उपाध्याय प्रजिअ, बैतडीबाट उप सचिव, गृह मन्त्रालय वा अन्तर्गत।
मोहनराज जोशीः प्रजिअ, डोटीबाट उप सचिव, करसुजन्य सम्पत्ति व्यवस्थापन विभाग, काठमाडौं।
चोमेन्द्र न्यौपानेः प्रजिअ, डडेलधुराबाट उपसचिव, अध्यागमन कार्यालय, गौतमबुद्ध विमानस्थल।
नरबहादुर थापाः प्रजिअ, भोजपुरबाट सहसचिव, गृह मन्त्रालय वा अन्तर्गत।
खिमबहादुर रायमाझीः प्रजिअ, रोल्पाबाट प्रमुख अध्यागमन अधिकृत, गौतमबुद्ध विमानस्थल।
लीलाप्रसाद शर्माः प्रजिअ, सिन्धुलीबाट सहसचिव, गृह मन्त्रालय वा अन्तर्गत।
रामबहादुर शाहीः प्रजिअ, जुम्लाबाट सहायक प्रमुख जिल्ला अधिकारी, सप्तरी।
यो सरुवालाई नियमित प्रक्रिया भनिए पनि यसले गृह प्रशासन र शान्ति सुरक्षाको व्यवस्थापनमा नयाँ प्रभाव पार्ने देखिन्छ।