NOTIFICATIONS
हाम्रो पेज
विराटनगर, १७ चैत । खोटाङको दिप्रुङ चुईचुम्मा १, खमारेस्थित श्री आधारभूत विद्यालयमा स्व. बाबुराम सिग्देलको स्मृतिमा अक्षय कोष स्थापना गरिएको छ ।
सो अवसरमा बोल्दै अक्षय कोषका संस्थापक एवम् स्वर्गीय बावुराम सिग्देलका छोरा नेकपा एमाले मोरङका नेता सुभाष सिग्देलले शिक्षा समाज विकासको मूल आधार भएको उल्लेख गर्दै सानो सहयोगले पनि विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा समेत शैक्षिक क्षेत्रको विकास र गुणस्तर अभिवृद्धिकालागि आफ्नो परिवारले निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाउनुभयो ।
सोही अवसरमा सिग्देलका भाई रमेश सिग्देलले विद्यालयमा एकलाख पाँच रुपैयाँको ‘डिल्लीप्रसाद–जोगमाया सिग्देल स्मृति अक्षयकोष’ समेत स्थापना गरिदिनुभएको छ । उक्त रकमबाट पनि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जनाईएको छ । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, स्थानीय बुद्धिजीवी तथा सरोकारवालाहरूको उपस्थिति थियो । कार्यक्रममा सहभागीहरूले यस्तो पहलले ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक उन्नयनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।