
विराटनगर, २६ जेठ I नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा विराटनगरमा आजदेखि आधारभूत पत्रकारिता तालिम शुरु भएको छ । कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा महासंघको सभाहलमा सातदिने तालिम शुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले पत्रकारको क्षमता विकासको काम आगामी आर्थिक वर्षदेखि सञ्चार प्रतिष्ठानले काम गर्ने बताउनुभयो । मन्त्री भण्डारीले आगामी असारसम्ममा सञ्चार विधेयक पास गरिने बताउनुभयो । उहाँले पत्रकारको क्षमता विकासकालागि प्रदेश सरकारले काम गरिरहेको पनि बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शंकर खरेल, मोरङ अध्यक्ष सुशीला पाठक, नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्षद्वय महेन्द्र बिष्ट र बन्धु पोखरेल, सल्लाहकार नवराज कट्टेल, प्रेस युनियन मोरङका अध्यक्ष बेदराज पौडेल, प्रेस चौतारी मोरङकी अध्यक्ष चीना थापा, प्रेस सेन्टर मोरङ अध्यक्ष नविन कर्ण, प्रेस मञ्च मोरङ अध्यक्ष मुकेश यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । असार १ गतेसम्म सञ्चालन हुने तालिममा सुनसरी र मोरंग जिल्लाका ३३ जनाको सहभागिता छ I