भारतका दिग्गज अभिनेता धर्मेन्द्र देओलको स्वास्थ्यबारे अफवाह

हाम्रो पेज

२५ कार्तिक २०८२, मंगलवार ११:३९

भारतका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्य अवस्थालाई लिएर अफवाह फैलिएपछि उनकी पत्नी हेमा र छोरी ईशा देओलले विज्ञप्ति जारी गरेकी छन् । भारतीय सञ्चारमाध्यमले यसअघि मंगलबार बिहान ८९ वर्षको उमेरमा उनको निधन भएको जनाएका थिए । त्यसपछि उनले विज्ञप्ति जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ईशाले मंगलबार ९नोभेम्बर ११० बिहान ९ः१० बजे ९स्थानीय समय०सम्मको समाचार गलत भएको स्पष्ट पारेकी छन् । मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको भारतका विभिन्न अनलाइन सञ्चारमाध्यमका समाचारमा उल्लेख थियो । सोमबार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो । धर्मेन्द्रका चारै सन्तान – सनी, बबी देओल, ईशा र आहाना देओल सोमबार अस्पतालमा उनलाई भेट्न गएका थिए । शाहरुख खान, सलमान खान, गोविन्दालगायत धेरै बलिउड स्टार पनि सोमबारै ब्रीच क्यान्डी अस्पताल पुगेका थिए ।
बलिउड अभिनेता धमेन्द्रको मृत्यु भएको खबरलाई उनको परिवारले खण्डन गरेको छ । धमेन्द्रकी पत्नी हेमामालिनीले आफ्नो श्रीमानको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको दाबी गरेकी छन् । आज बिहानैदेखि भारतीय सञ्चारमाध्यमले धर्मेन्द्रको निधन भएको समाचार सम्प्रेषण गरेका थिए । भारतीय रक्षामन्त्री राजनाथ सिंहलगायत थुप्रै हस्तिहरूले सामाजिक सञ्जालमा उनलाई श्रद्धाञ्जली दिएका छन् । तर, परिवारका सदस्यहरूले भने ठाडै अस्वीकार गरेका छन् । धमेन्द्रपत्नी तथा भारतीय जनता पार्टीकी सांसद हेमा मालिनीले एक्समा लेखेकी छन्, ‘जे भइरहेको छ, त्यसलाई माफ गर्न सकिँदैन । जिम्मेवार च्यानलहरूले एक व्यक्तिको बारेमा झूटो खबर कसरी फैलाउन सक्छन्, जसमा उपचारको प्रभाव देखिँदै छ र उनी ठीक भइरहेका छन् । यो एकदमै अपमानजनक र गैरजिम्मेवार हो । कृपया परिवार र उनीहरुको प्राइवेसीको सम्मान गरौं ।’ धर्मेन्द्र र हेमा मालिनीकी छोरी ईशा देवलले पनि पिताको निधन नभएको बताएकी छन् । सञ्चारमाध्यमहरुले झूटो समाचार फैलाइरहेको उनको भनाइ छ । इशाले लेखेकी छन्, ‘मेरो पिता स्थिर र सुधारोन्मुख हुनुहुन्छ । हामी सबैलाई परिवारको गोपनीयता कायम राख्न आग्रह गर्छौँ ।’

धर्मेन्द्रले ८ डिसेम्बरमा आफ्नो ९० औं जन्मदिन मनाउने तयारी पनि गरेका छन् । धर्मेंद्र भारतीय सिनेमाका लीजेंड हुन् । उनले ६० को दशकमा डेब्यू गरे र ७० को दशकमा हिंदी सिनेमाको टप स्टार बने । उनी ८९ वर्षको आयुमा पनि सक्रिय नै छन् । धर्मेंद्रको जन्म ८ डिसेम्बर १९३५ मा ब्रिटिश भारतको पंजाबको लुधियाना जिल्लाको एक गाउँ नसरालीमा भएको थियो । उनको असली नाम ’केवल कृष्ण देओल’ हो । सिनेमामा काम गर्न थालेपछि उनलाई धर्मेंद्रका नामले चिनिन थालियो ।