search logo
NOTIFICATIONS

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध देशभर विरोध, सरकारको कदममाथि प्रश्न

हाम्रो पेज

२२ भाद्र २०८२, आईतवार १६:२२
काठमाडौँ,२२ भाद्र । नेपाल सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा देशभरका पत्रकार सङ्घसंस्था र नागरिक समाजले आवाज उठाएका छन्। काठमाडौँको माइतीघर मण्डलामा आइतबार भएको बृहत् प्रदर्शनमा पत्रकार, अधिकारकर्मी र सरोकारवालाहरूले सरकारको यो कदमलाई प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथिको गम्भीर हस्तक्षेप भन्दै तत्काल फिर्ता लिन माग गरेका छन्। प्रदर्शनमा सहभागीहरूले अभिव्यक्ति स्वतन्त्रताको मौलिक हक कुण्ठित भएको भन्दै ुअभिव्यक्ति स्वतन्त्रता हाम्रो अधिकारु, लेट अस स्पिक, उत्तर कोरिया घुम्न उत्तर कोरिया जानु पर्दैन, उत्तर कोरिया नेपालमै, किम जोङ पनि नेपालमै लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरूले सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने बहानामा यसलाई बन्द गर्न खोजिएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाए।


यसैबीच, भ्रष्टाचारविरुद्ध र सुशासनको माग गर्दै जेएनजि पुस्ताले गर्ने आन्दोलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि साथ दिने घोषणा गर्न भएको छ । उहाँले सोमबार नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा हुने प्रदर्शनमा सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई सहभागी हुन आह्वान गर्दै भ्रष्टाचारविरुद्धको यस महाअभियानमा साथ दिने बताउनु भएको छ। तर जेन जेडले भोलि माइतीघरमा गर्ने स्तस्फुर्त आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई ‘निषेध’ गरिने भएको छ । प्रसाईं आएको खण्डमा उनीविरुद्ध ब्यानर प्रदर्शन गर्ने एक अभियन्ताले जानकारी दिए । जेन जेडर जेन जीयुवाहरू सरकारले सामाजिक सञ्जाल निशर्त खुलाउनुपर्ने, बुढा नेताहरु प्रधानमन्त्री नबन्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष नियुक्ति हुनुपर्नेलगायत माग राखेर आन्दोलनमा उत्रिन लागेका हुन् । सोमबार हुने जेनजीको आन्दोलनमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले पनि समर्थन जनाउनु भएको छ । समर्थनसहित बालेनले लेख्नु भएकोछ, ‘भोलिको र्‍याली स्पष्ट स्वस्फूर्तरूपमा जेन जेडको हो र उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जस्कोलागि म पनि बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतफुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’ भोलि बिहान ९ बजेदेछि थापाथलीस्थित माइतीघर मण्डलासहित देशभरका जिल्ला प्रशासन कार्यालय अघि जेन जेडले आन्दोलन गर्दैछन् ।