
काठमाडौं २९, फाल्गुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठठाघरस्थित अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ हुनुहुन्थ्यो । उहाँँको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । मोहनप्रसाद गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आउनु भएको थियो । गएराति अप्ठ्यारो महसुस भएपछि उहाँलाई अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसादलाई श्रद्धाञ्जली दिन अस्पताल पुग्नु भएको थियो । यस्तै नेपाली कांग्रेसमा सभापति गगन थापा श्रद्धाञ्जली दिन आर्यघाट पुग्नु भएको थियो । स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।