search logo
NOTIFICATIONS

सुनौलीबाट दिल्ली जाँदै गरेको बसमा उत्तर प्रदेशमा आगलागी, बसमा अधिकांश नेपाली

हाम्रो पेज

१६ मंसिर २०८२, मंगलवार १२:१६

विराटनगर, १६ मंसिर । भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बसमा भीषण आगलागी भएको छ । आगलागीमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ । यूपी२२एटी ०२४५ नम्बरको बस भारत–नेपाल सीमा सुनौलीबाट दिल्लीतर्फ जाँदै थियो । कुल ४५ यात्रु सवार बसमा धेरैजसो नेपाली थिए । बस घिस्रिँदै १०० मिटर पर पुगेर हाइटेन्सन लाइनको खम्बामा ठोक्किएपछि खम्बा बसमाथि खसेको थियो । घाइने हुनेहरूमा शिवबहादुर परियार गुल्मी, तम्सास, पूर्णिमा परियार, कृष्णबहादुर कावासोती, विष्णुबहादुर, अनिलबहादुर, सरस्वती, दिवाकर न्यौपाने बुटवल रहेका छन् । त्यसैगरी, दिया योगी बुटवल, विशाल गुरुङ गुल्मी, तम्घास, लालबहादुर छत्रकोट, गुल्मी, उसा गुल्मी छन् । साथै, सुबोध अर्याल स्याङ्जा, कमलबहादुर पौडेल मोरङ, भुवन, छन् । यसैगरी ओमबहादुर पाल्पा, वसन्त सर्तुंगी तम्घास, गुल्मी, सोनाम बुटवल, अनिसा बुटवल, गुनबहादुर गुल्मी, बोधबहादुर सुनवल, नवलपरासी र धनकुमारी छन् । खैरुल बुभ भगवानपुर, बिहार नाउद अली भगवानपुरबिहार, र विक्रम कर्नाल, हरियाणा रहेका छन् । मृत्यु हुनेको भने पहिचान खुल्न बाँकी छ । आगलागीपछि बसभित्र फसेका यात्रु ज्यान बचाउन सिसा फुटाएर हामफालेका थिए । बाहिर निस्किएका यात्रुले प्रहरीलाई खबर गरेपछि फायर ब्रिगेडको टोली पुगेको थियो । उनीहरूले फसेका यात्रुलाई उद्धार गर्न र आगो निभाउन सुरु गरे । घाइतेलाई उपचारका लागि एम्बुलेन्समार्फत बहराइच मेडिकल कलेज रेफर गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार अधिकांश यात्रु बसबाहिर थिए ।