search logo
NOTIFICATIONS

आज देशभर शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइयो

हाम्रो पेज

१ आश्विन २०८२, बुधबार ११:३४

काठमाडौं, १ आश्विन । सरकारले आज शोक दिवस मनाउने निर्णय गर्दै देशभर सार्वजनिक बिदा दिएको छ । गएको भदौ २३ र २४ गते जेनजी पुस्ताको प्रदर्शनमा मृत्यु भएकाहरूको सम्मान स्वरूप सार्वजनिक बिदा दिइएको हो । गृह मन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक विदाको विषयमा जानकारी गराएको हो । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित सूचनामा मृतकहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने उल्लेख छ । सोही बमोजिम राष्ट्रिय झण्डा आधा झुकाइएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय झण्डा आधा झुकाउने र शोक दिवस मनाउने निर्णय गरेको थियो ।