search logo
NOTIFICATIONS

अमेरिका र भेनेजुएलाबीच युद्धको खतरा, अमेरिकी युद्धपोतले घेर्याे

हाम्रो पेज

१७ भाद्र २०८२, मंगलवार १८:०८


एजेन्सी, १७ भाद्र। अमेरिकाको आक्रमणको आशंकाका बीच भेनेजुएलाले सीमामा सैनिक पठाउन थालेको छ। यसका अतिरिक्त भेनेजुएलाले युद्धको कुरा गर्दै देशका मानिसहरूलाई जतिसक्दो चाँडो सेनामा भर्ती हुन आह्वान गरेको छ। भेनेजुएलाले यो कदम त्यतिबेला उठाएको हो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलातर्फ युद्धपोत, पनडुब्बी र सैन्य टुकडीहरू पठाउने आदेश दिनुभएको छ। अमेरिकाले मादक पदार्थको तस्करी रोक्नका लागि आफ्ना युद्धपोत र पनडुब्बीहरू पठाइरहेको बताएको छ। डोनाल्ड ट्रम्पले मादक पदार्थको तस्करीलाई भेनेजुएलाको सरकारसँग जोड्नुभएको छ। यद्यपि भूराजनीतिक विज्ञहरू भन्छन् कि अमेरिका आक्रमण गर्न बहाना खोजिरहेको छ र मादक पदार्थको तस्करी रोक्ने आधार बनाएर भेनेजुएलामाथि आक्रमण गर्न सक्छ। अर्कोतर्फ, अमेरिका विरोधी मानिने भेनेजुएलाका वामपन्थी राष्ट्रपति निकोलस मादुरोले सोमबार अन्तर्राष्ट्रिय मिडियासँग एक पत्रकार सम्मेलन गर्नुभएको छ। जसमा उहाँले चेतावनी दिनुभएको छ कि यदि भेनेजुएलामाथि आक्रमण भयो भने, हामी सशस्त्र संघर्ष र एक सशस्त्र गणतन्त्रको घोषणा गर्नेछौं। राष्ट्रपति निकोलस मादुरोले मिडियासँग कुरा गर्दै भन्नुभयो कि भेनेजुएलाले पछिल्लो १०० वर्षमा सबैभन्दा ठूलो खतराको सामना गरिरहेको छ। उहाँले अगाडि भन्नुभयो कि भेनेजुएलालाई निशाना बनाउँदै १,२०० मिसाइलले सुसज्जित आठ युद्धपोत र एउटा परमाणु पनडुब्बी तैनाथ गरिएको छ। यो एउटा अतिरञ्जित, अनैतिक र खतरनाक खतरा हो। उनीहरू ९अमेरिका० अधिकतम सैन्य दबावका साथ अगाडि बढ्ने प्रयास गरिरहेका छन् र हामीले भेनेजुएलामा अधिकतम तयारीको घोषणा गरेका छौं। राष्ट्रपति निकोलस मादुरोको यो चेतावनी त्यतिबेला आएको हो, जब अमेरिका सेप्टेम्बर १५ बाट आफ्नो तट नजिक युनिटास २०२५ु नामले एउटा संयुक्त नौसैनिक अभ्यास सुरु गर्न गइरहेको छ, जसलाई मादुरोले सिधा धम्की करार दिनुभएको छ। राष्ट्रपति मादुरोको आदेशपछि भेनेजुएलाको सीमामा सैनिक तैनाथी हुन थालेको छ। अमेरिका र भेनेजुएलाबीचको सम्बन्ध निकै खराब भइसकेको छ। डोनाल्ड ट्रम्पले राष्ट्रपति मादुरोमाथि कार्टेल अफ द सन्सू नामक लागुऔषध तस्करी गिरोह चलाएको आरोप लगाउनुभएको छ। यसका साथै राष्ट्रपति मादुरोको गिरफ्तारीमा ५० मिलियन डलरको इनाम घोषणा गर्नुभएको छ। मादुरोले जवाफी हमला गर्दै भन्नुभएको छ कि यदि तपाईं कुनै माफिया डन खोज्दै हुनुहुन्छ भने कतै अन्तै जानुहोस्। यहाँ तपाईंले एक क्रान्तिकारी भेट्टाउनुहुनेछ, जसको पछाडि उनका जनता र सशस्त्र बल खडा छन्। म व्यापारी होइन र न त मसँग कुनै साम्राज्य छ। म मजदुर हुँ, योद्धा हुँ र राजनीतिसँग अब सैन्य रणनीति पनि जान्दछु। बाइडेन प्रशासनकै समयमा अमेरिका भेनेजुएलामा राष्ट्रपति मादुरोको सरकारलाई गिराउने प्रयासमा लागिपरेको छ। गत वर्ष भेनेजुएलाले धेरै अमेरिकी एजेन्टलाई गिरफ्तार गरेको दाबी गरेको थियो। उनीहरूमाथि सरकार गिराउने प्रयास गरेको आरोप लगाइएको थियो। अर्कोतर्फ, देशमा अमेरिका समर्थित विपक्षी पार्टीकी नेता मारिया कोरिना मचाडोले लगातार सत्ता परिवर्तनको माग गरिरहेकी छन्। अर्कोतर्फ, अमेरिकी रिपब्लिकन सिनेटर बर्नी मोरेनो जस्ता नेताहरूले खुलेआम भन्नुभएको छ कि मादुरोलाई अब सत्तामा रहन दिइने छैन। जसको जवाफमा राष्ट्रपति मादुरोले यो देशको सार्वभौमसत्तामाथि हमला भएको बताउनुभएको छ। मादुरोले यसको तुलना १९६२ को क्युबा मिसाइल संकटसँग गर्नुभएको छ। राष्ट्रपति मादुरोले भन्नुभएको छ कि हामी कुनै पनि ब्ल्याकमेल वा धम्कीको अगाडि झुक्नेवाला छैनौं। यो केवल भेनेजुएलामाथि हमला होइन, बरु पूरै महाद्वीपमाथि दबाव हो। आज मियामी माफियाले ह्वाइट हाउस र स्टेट डिपार्टमेन्टमा कब्जा गरिसकेको छ।