NOTIFICATIONS
हाम्रो पेज
विराटनगर, ३ अषाढ I उद्योग संगठन मोरङले सर्वसम्मत रूपमा नयाँ नेतृत्व पाएको छ। संगठनको ५२औं वार्षिक साधारण सभाले अनुभवी उद्योगी नन्दकिशोर राठीलाई अध्यक्षमा निर्वाचित गरेको छ भने युवा उद्यमी प्रतिक राउत कार्यसमिति सदस्यमा मनोनित हुनु भएको छ । यो नयाँ नेतृत्वले कोशी प्रदेशको औद्योगिक विकासमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।
युवा उद्यमी प्रतिक राउतको प्रवेशः एक पुस्तान्तरणको संकेतउहाँ नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका अध्यक्ष तथा वरिष्ठ उद्योगी राजेन्द्र राउतका जेठा छोरा हुनुहुन्छ । राजेन्द्र राउतले यसअघि मोरङ व्यापार संघको वरिष्ठ उपाध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य जस्ता महत्त्वपूर्ण जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसक्नुभएको छ। उहाँ अहिले नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको अध्यक्ष हुनुहुन्छ । मनोनित भएपछि प्रतिक राउतले उद्योगीहरूका समस्यालाई तीनै तहको सरकारसमक्ष पुऱ्याएर समाधानका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँको आगमनले संगठनमा नयाँ सोच र युवा ऊर्जाको सञ्चार गर्ने विश्वास लिइएको छ।
