हाम्रो पेज
काठमाडौं, १४ अषाढ । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्र राष्ट्र स्पेनको औपचारिक भ्रमण र संयुक्त राष्ट्रसंघअन्तर्गत सेभियामा आयोजना हुने विकासका लागि वित्त शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन प्रस्थान गर्नुभएको छ I
यसअघि आजै प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साँझ स्पेन भ्रमणका लागि प्रस्थान गर्न लागेको जानकारी दिनु भएको थियो I उहाँले भ्रमणलाई नेपालको अन्तर्राष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाउने अवसरको रूपमा व्याख्या गर्नुभएको छ ।
भ्रमणका मुख्य कार्यतालिका
भ्रमण टोलीमा २१ सदस्य, जसमा परराष्ट्र सचिव, अर्थ सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, स्पेनस्थित नेपाली राजदूत, न्यूयोर्कस्थित स्थायी प्रतिनिधि, प्रधानमन्त्रीका मुख्य सल्लाहकार र स्वकीय सचिवालयका सदस्यहरू
पहिलो दिन अषाढ १४ गते साँझ ६ बजे कतार एयरवेजमार्फत दोहा हुँदै म्याड्रिड प्रस्थान
असार १५ गते दोस्रो दिन:
बिहान स्पेनको राजधानी म्याड्रिड आगमन, दिउँसो सेभिया प्रस्थान र प्लेनरीको समापन सत्रमा सम्बोधन, जहाँ स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजसहित विभिन्न विशिष्ट व्यक्तित्वको उपस्थिति
प्रधानमन्त्री साञ्चेजसँग द्विपक्षीय बैठक
स्पेनका नरेशद्वारा आयोजना गरिएको रात्री भोजमा सहभागिता
असार १६ गते तेस्रो दिन:
बिहान सम्मेलनको उद्घाटन सत्रमा सहभागी
गेट्स फाउण्डेशनद्वारा आयोजित स्वतन्त्र आयोग घोषणामा सम्बोधन
स्तोनियाका राष्ट्रपति अलार कारिससँग द्विपक्षीय भेट
एलडिसीका अध्यक्षको हैसियतमा सम्मेलनलाई सम्बोधन
तीन महत्वपूर्ण द्विपक्षीय बैठकहरू
इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा माडबुली
पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रो
महासचिव अन्तोनियो गुटरेस (संयुक्त राष्ट्रसंघ)
साँझ स्पेन सरकारको औपचारिक रात्रिभोज
असार १७ गते चौथो दिन:
बिहान ८ः३० बजे एलडिसी उच्चस्तरीय बैठकको अध्यक्षता र उद्घाटन सम्बोधन
वैश्विक ऐक्यवद्धता विषयक साइड इभेन्टमा सम्बोधन
नेपाल, बंगलादेश, लाओसको संयुक्त आयोजनामा जलवायू वित्त र स्तरोन्नति विषयक कार्यक्रममा सम्बोधन
नेपाल–बुरुण्डी सहआयोजनामा पानी तथा सरसफाइ वित्तसम्बन्धी इभेन्ट
“अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन” विषयक राउण्ड टेबल
साँझ नेपाली राजदूतद्वारा आयोजित रात्रिभोजमा सहभागिता
असार १८ गते पाँचौं दिन:
सेभियाबाट म्याड्रिड फिर्ता
साँझ ५ बजे नेपाल–स्पेन बिजनेस तथा लगानी प्रवर्द्धन साँझ
प्रधानमन्त्रीद्वारा स्पेनी उद्योगी–व्यवसायीलाई सम्बोधन, नेपालमा लगानीको आग्रह
असार १९ गते छैटौं दिन:
रियल म्याड्रिड फुटबल क्लबका अधिकारीहरूसँग भेटघाट
सान्तियागो वर्नावाउ रंगशाला अवलोकन
नेपाल राजदूतावास अवलोकन
स्पेनस्थित नेपाली समुदायसँगको अन्तर्क्रिया कार्यक्रम
राति १०ः४५ बजे दोहातर्फ प्रस्थान
असार २० गते फर्कने दिन:
दिउँसो ४ः४५ बजे काठमाडौँ अवतरण
एक हप्ताको व्यस्त, कूटनीतिक, विकासकेन्द्रित, र द्विपक्षीय सहभागिताले भरिएको भ्रमण सम्पन्न