search logo
NOTIFICATIONS

यातायात व्यवशायीको आन्दोलन फिर्ता, सार्वजनिक यातायातका साधन सुचारु

हाम्रो पेज

२१ जेष्ठ २०८२, बुधबार ०७:४९
काठमाडौं, २१ जेठ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली स्थगन गरेपछि यातायात व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । यातायात व्यवशायीले आन्दोलन फिर्ता लिएसँगै गएरातिदेखि नै सार्वजनिक सवारीका साधन चल्न थालेका छन् ।
सोमवार सरकार र यातायात व्यवसायीबीच मध्यरातमा सहमति भएपनि सहमतिको कार्यान्वयन नभएको भन्दै मंगलबार दिनभर व्यवसायीले सार्वजनिक सवारी साधन चलाएका थिएनन् । सार्वजनिक सवारी साधन नचल्दा हिजो र अस्ति दुईदिन यात्रुले सास्ती खेप्नुपरेको थियो ।
सार्वजनिक यातायात आवागमन नै ठप्प भएपछि केन्द्र सरकारले प्रदेश सरकारलाई मंगलबार बेलुकी नियमावली फिर्ता लिन भनेको थियो । प्रदेश सरकारले पनि केन्द्र सरकारको आग्रहअनुसार नियमावली स्थगन गरेको जनाएपछि यातायात व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।
आम सर्वसाधारणलाई गन्तव्यमा पुर्याउनुपर्ने सार्वजनिक सवारीसाधन आवागमन ठप्प पारेपछि संघीय सरकारले नै व्यवसायीसँग वार्ता गरेको थियो ।
प्रदेश सरकारले हालै लागू गरेको गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ को कार्यान्वयन प्रक्रिया अस्थायी रूपमा एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको हो।