हाम्रो पेज
विराटनगर, १ अशोज I भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रका नागरिकको राहत तथा सहयोगकालागि मारवाडी युवा मञ्च विराटनगरले एकलाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। मञ्चले बिहीवार नेपाल राष्ट्रिय मारवाडी युवा संगठनमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो।
मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानीको नेतृत्वमा उक्त सहयोग प्रदान गरिएको हो। विपद्को कठिन परिस्थितिमा बाढीपीडितप्रति ऐक्यबद्धता र मानवीय सहयोगको भावनासहित आर्थिक सहयोग गरिएको मञ्चले जनाएको छ। यस सहयोगले विपद्बाट प्रभावित परिवारलाई केही राहत पुग्ने विश्वास मञ्चले व्यक्त गरेको छ।
हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका संस्थापक अध्यक्ष सुरेन्द्र गोल्छा, नेपाल राष्ट्रिय मारवाडी परिषदका सहकोषाध्यक्ष फुलकुमार लालवानी, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका उपाध्यक्ष गोपाल अग्रवाल, वरिष्ठ समाजसेवी बेनी गोपाल मुन्दडा, मारवाडी सेवा समितीका उपाध्यक्ष जुगलकोशोर राठी, मारवाडी महिला मञ्चकी अध्यक्ष श्रीमती सरिता लालवानी, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय सदस्य जय शर्मा, मारवाडी युवा मञ्चका पुर्वअध्यक्ष राजेश लखोटीया, अतिथी सदन विराटनगरका सचिव मनोज तापडियालगायत मारवाडी युवा मञ्च बिराटनगरका पदाधीकारीहरुको उपस्तिथि थियो।