लायन्सको योजना बैठक सम्पन्न

हाम्रो पेज

२९ असार २०८२, आईतवार १७:५२
विराटनगर, २९ अषाढ । लायन्स क्लव ३२५ सी एरिया ७ क्षेत्र १५ को योजना बैठक शनिबार सम्पन्न भएको छ। रिजन चेयरपर्सन सुरज तिम्सिनाको अध्यक्षतामा विराटनगरमा सम्पन्न बैठकमा रिजन १५ अन्तर्गत का ७ क्लब लयनस क्लब अफ बिराटनगर एक्जुकेटिभ, लायन्स क्लब अफ बिराटनगर पथिभरा, लायन्स क्लब अफ बिराटनगर मेट्रो, लायन्स क्लब अफ बिराटनगर मिड सिटी, लायन्स क्लब अफ बिराटनगर युनाईटेड, लायन्स क्लब अफ बिराटनगर मिल्स एरिया र लायन्स क्लब अफ बिराटनगर रन्बोले बर्ष २५–२६ मा क्लब ले गर्ने कार्यक्रमहरुको कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यक्रममा एरिया ७ कि प्रमुख शकुन्तला भट्टराई, एरिया ६ का प्रमुख अजय अधिकारी, डिष्ट्रिक चिफ मीना ढुङेल, डिष्ट्रिक प्रमुख खेमराज नेपाल, लोकेन्द्र ढकाल र थानेश्वर ढकालले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा एरिया ७ कि एरिया कोडिनेटर एकता थापाले आफ्नो अवलोकन टिप्पणी प्रस्तुत गर्नु भएको थियो । कार्ययोजना प्रस्तुत गर्दै क्लवका अध्यक्षहरुले आगामी दिनमा क्लवका सदस्यहरुलाई अझ सशक्त ढंगले सामाजिक कार्यमा लाग्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले कार्यक्रमहरुलाई ग्रामीण भेगमा पनि अझ बढी विस्तार गर्नुपर्नेमा जोड दिए ।