शिक्षादीप कलेजलाई उत्कृष्ट शैक्षिक संस्थाको सम्मान

हाम्रो पेज

२२ असार २०८२, आईतवार ११:३०
विराटनगर, २२ अषाढ । कोशी प्रदेशको राजधानी विराटनगर–९ मा रहेको शिक्षादीप कलेजलाई ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८२’ प्रदान गरिएको छ ।

विभिन्न सामाजिक सेवा, साहित्य, पत्रकारिता र कला–संस्कृतिको क्षेत्रमा सक्रिय रहँदै आएको चन्द्रलोक प्रतिष्ठानद्वारा नेपालका उत्कृष्ट शैक्षिक संस्थालाई प्रदान गरिने उत्कृष्ट शैक्षिक संस्था सम्मान–२०८२ यसवर्ष कोशी प्रदेशबाट शिक्षादीपलाई काठमाण्डौमा आयोजित एक विशेष समारोहमा सम्मान गरेको हो ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कलेजका व्यवस्थापन संकायका संयोजक शंकर भट्टराईलाई सम्मान पत्र हस्तान्तरण गर्नुभयो ।