मेट्रो अटोको नयाँ शाखा पेप्सीकोलामा शुभारम्भ

हाम्रो पेज

२३ बैशाख २०८३, बुधबार १६:२३
भक्तपुर २३, वैशाख । भक्तपुरको गट्टठाघरमा रहेको होण्डा कम्पनीको मोटरसाईकल विक्रेटा मेट्रो अटो सेन्टरले शाखा विस्तार गरेको छ । मेट्रो अटोले पेप्सीकोलामा ओम शिवशक्ति पेट्रोल पम्प छेउमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो ।
होण्डा ब्रान्डका मोटरसाइकल तथा स्कुटरको बिक्रीका लागि अधिकृत बिक्रेता रहेको मेट्रो अटोले शाखा विस्तारको अवसर पारेर ग्राहकलाई लक्षित गर्दै विशेष एक्सचेन्ज क्याम्प पनि सञ्चालन गरेको छ । क्याम्पमार्फत पुराना सवारी साधन साटेर नयाँ सवारी खरिद गर्न चाहने ग्राहकले आकर्षक सुविधा पाउने व्यवस्था गरिएको मेट्रो अटोका सञ्चालक मिलन सिग्देलले जानकारी दिनुभयो ।
कम्पनीले सेवा विस्तारसँगै ग्राहकलाई गुणस्तरीय सेवा, सहज पहुँच र उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।