search logo
NOTIFICATIONS

विराट क्याम्पसमा मानव संशाधन बिकास विषयको सेमिनार सम्पन्न

हाम्रो पेज

२२ चैत्र २०८२, आईतवार १७:१४
विराटनगर, २२ चैत्र । विराटनगरको विराट क्याम्पस (सोम्स) ले त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको बिबिएस अध्ययनरत बिद्यार्र्थीकालागि मानव संशाधन बिकास विषयमा केन्द्रित एकदिने सेमिनार सम्पन्न गरेको छ ।
कलेजको सभाहलमा आज आयोजित कार्यक्रममा अतिथि आशीष पाण्डेले मुख्य वक्ताको रूपमा आफ्नो प्रस्तुति दिनुभएको थियो । पाण्डेले विद्यार्थीलाई वर्तमान बजारको माग र आवश्यक सिपहरूमा आधारित रही अन्तरवार्ताको तयारी कसरी गर्ने भन्ने विषयमा आफ्नो अनुभव र ज्ञान प्रस्तुत गर्नुभयो । सो सत्रको मुख्य उद्देश्य विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक ज्ञान र कार्यक्षेत्रका अनुभवहरूसँग जोड्नु रहेको बताईएको छ । पाण्डेले विद्यार्थीलाई आफ्नो रुचि अनुसारको करियर छनोट गर्न र भविष्यका चुनौतीहरूको सामना गर्न तयार रहन सुझाव दिनुभयो । कार्यक्रममा पाण्डेले विद्यार्थीको जिज्ञासा पनि सम्बोधन गर्नुभयो । सो अवसरमा बोल्दै कलेजका प्राचार्य रोशन घिमिरेले यस्ता कार्यक्रमले विद्यार्थीको बौद्धिक र व्यवसायिक विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।