हाम्रो पेज
काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति तथा सांसद रवि लामिछानेले यो सरकार कामले बोल्ने भोषण कम गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बिहीबारदेखि सुरुभएको बैठकको पहिलो वक्ताको रूपमा धारणा राख्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “हामी सबैको एउटै लक्ष्य मुलुकको समृद्धि हो, त्यसमा केन्द्रित रहने छौं ।” अहिलेको सरकारलाई जनताले दिएको चुनावी म्यान्डेट परिवर्तन भएको उहाँले बताउनुभयो । सभापति लामिछानेले वर्तमान सरकारले समस्या देखाउनुभन्दा समाधानको बाटोमा लाग्ने बताउँदै थप्नुभयो, “यो सरकारलाई जनताको समस्याको आवाज सुनाइ दिनुहोला, कुनै सांसदको बोल्ने क्रममा माइक काटिने छैन । सुशासनको बेग घट्ने छैन ।”
जनजी विद्रोहको सन्तानको रूपमा वर्तमान सरकार भएको बताउँदै सभापति लामिछानेले भन्नुभयो, “परिवर्तन र विकासको सुनिश्चितता गर्ने छौं । निजी क्षेत्रका लागि लगानी सुनिश्चित् गर्ने छौं ।” उहाँले दलित समुदाय सदियौंदेखि राज्यबाट विभेदमा परेकाले अब त्यसको क्षतिपूर्तिसहित न्याय गर्ने चर्चा गर्नुभयो । सरकारको नेतृत्व गरेको दलको नाताले सरकारको तर्फबाट अहिलेसम्म गरिएको विभेदप्रति उहाँले क्षमायाचना गर्नुभयो । शिक्षा र रोजगारीमा बराबर पहुँच कायम गर्ने बताउनु हुँदै सभापति लामिछानेले भन्नुभयो, “महिलामाथिको सबै किसिमको हिंसामा शून्य सहनशीलता कायम गरिने छ । ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको सुनिश्चित्ता गरिने छ ।” विदेशमा रहेका नागरिकलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने र यहाँको प्राकृतिक स्रोत साधनको सदुपयोग गरी यही रोजगारी सिर्जना गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

लामिछानेले अघिल्लो सरकारले नियुक्त गरेको पदाधिकारीलाई राजनीनामा दिन आग्रह गर्नुभएको छ। बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले अघिल्लो सरकारले गरेका सार्वजनिक सेवा र निकायका पदाधिकारीलाई राजीनामा दिन आग्रह गर्नुभएको हो । ‘सार्वजनिक सेवा र निकायका पदाधिकारीले स्वेच्छाले मार्ग प्रशस्त गरिदिन आग्रह गर्दछु,’ लामिछानेले भन्नुभयो । लामिछानेले अब संख्याकै बलमा प्रतिशोध र अत्याचार नहुने बताउनुभयो । उहाँले आस्थाकै आधारमा अब कसैलाई पनि फरक व्यवहार नहुने बताउनुभयो । ‘हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुन नै संशोधन गरिएको छ । र अध्यादेश पनि ल्याइएको छ,’ लामिछानेले भन्नुभयो, ‘त्यस्ता गलत क्रियाकलाप यथाशिघ्र सच्याइनेछ । प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको त्यो अध्याय अब दोहोरिने छैन । आस्थाका आधारमा फरक व्यवहार अब दोहोरिने छैन ।’ साथै, अन्यायपूर्वक विधि नै मिचेर कसैको माइक नकाटिने बताउनुभयो । ‘अब अन्यायपूर्वक विधि नै मिचेर सुन्न मन लागेका कुरा नसुनौं भनेर कसैको माइक काटिने छैन । संसदीय समितिमा संख्याकै बलमा प्रतिशोध र अत्याचार हुने छैन,’ लामिछानेको प्रतिबद्धता छ । तर, यी सबै काम अघि बढाउँदै गर्दा सुशासनको वेग भने नरोकिने उहाँको भनाइ छ । ‘तर सुशासनको वेग भने रोकिने छैन । न्याय माग्ने पहिलो हक शहीदकी आमाको हो । यसलाई प्रतिशोध भन्न पाइने छैन,’ लामिछानेले भन्नुभयो ।