
काठमाडौं,९ चैत । स्थानीय बजारमा सुनको मूल्य सोमबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चैत ९ सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको हो । आइतबार भने १२ हजार ५०० रुपैयाँले घटेको थियो । आजको मूल्य प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।आइतबार भने दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने तोलामा ११५ रुपैयाँले घटेर प्रतितोला चार हजार ४२५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चार हजार ५४० रुपैयाँ थियो । दुई साताअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ५४ सय डलर हाराहारीमा थियो । शुक्रबार उक्त मूल्य ४ हजार ४९७ डलरमा झरेको थियो । यो अहिले ४ हजार ४९० डलरभन्दा तल झरेको छ ।