विराटनगरको एभरेष्टमा चाडपर्वलक्षित सांस्कृतिक कार्यक्रम

हाम्रो पेज

१० आश्विन २०८२, शुक्रबार १३:३१

विराटनगर, १० आश्विन । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले मन्टेश्वरी तहमा चाडपर्व लक्षित कार्यक्रम गरेको छ । बिहिबार एभरेष्ट मन्टेश्वरी ब्लकमा आयोजित कार्यक्रममा बालबालिकाले नेपालीहरुका महान चाडहरु दशैं, तिहार, म्ह पूजा, छठ, नेपाल सम्बत लगायतका पर्वहरुमा हुने धार्मिक संस्कृति र परम्पराको विषयमा ब्यबहारिक रुपमा अभ्यास गराईएको छ । दशैंको नवरात्रीमा पूजा गरिने नव दुर्गाको स्वरुपमा बालबालिकालाई तयार पारेर पहिलो देखि नवौं दिन सम्म पूजा गरिने दुर्गामाताका स्वरुपमा बालिकाहरुलाई तयार गरिएको थियो ।

 

यस्तै असत्यमाथि सत्यको विजय कसरी प्राप्त भयो भन्ने सन्देश प्रवाह गर्न सप्तसति चण्डीको कथा अनुसारको नृत्य प्रस्तुत गर्दै बालबालिकाले दैत्यहरुको नाश कसरी भयो भन्ने सन्देश प्रवाह गरेका थिए । यस्तै टिका जमरा लगाईदिँदै ठूलाबाट कसरी आशिर्वाद लिने भन्ने सन्देश प्रवाह गर्न स्कुललका प्रिन्सिपल टिकाराम पुरीले नव दुर्गाको पूजा गर्दै बालबालिकालाई टिका र जमरा लगाई आशिर्वाद दिनुभएको थियो ।